2026-09-22 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा पाँच मध्ये एक जना उच्च रक्तचापबाट पीडित

पुस १२, बेइजिङ (रासस/सिन्ह्वा)। चीनमा हरेक पाँचमध्ये एक व्यक्तिमा उच्च रक्तचापको समस्या देखिने गरेको तथा अरु रोगभन्दा रक्तचापबाट सबैभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ ।

एक अध्ययन अनुसार चीनमा करिब ३० करोड मानिसमा उच्च रक्तचाप देखिएको छ । चीनको राष्ट्रिय कार्डियोभास्कुलर डिजिज सेन्टरका प्रमुख हु शेङसाओले उच्च रक्तचापका बिरामीका लागि चीनमा बर्सेनि करिब ४ अर्ब ८८ करोड अमेरिकी डलर खर्च हुने गरेको बताउनुभयो ।

उच्च रक्तचाप रोकथाम तथा नियन्त्रण सम्बन्धी राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उहाँले चीनमा मृत्यु र अशक्तताको प्रमुख कारकमा रक्तचाप देखिएको बताउनुभयो । विश्व स्वास्थ्य संगठनका अनुसार उच्च रक्तचाप भएमा त्यसले मुटुमा गम्भीर क्षति पुग्ने, हृदयाघात हुने, मुटुले काम गर्न छाड्ने, मुटुको चाल अनियमित हुने, मृगौलामा क्षति पुग्ने तथा मुटुका धमनी फुट्ने वा बन्द हुन्छन् । यी गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिमा हृदयाघात हुने सम्भावना बढी हुन्छ । 

चिनियाँ नागरिकमा रहेका दिर्घ रोग र पोषण सम्बन्धी हालै गरिएका अध्ययनले १८ वर्ष वा सोभन्दा माथिको उमेरका व्यक्तिहरुमा उच्च रक्तचापका २७.५ प्रतिशत, मधुमेहका ११.९ प्रतिशत तथा उच्च कोलेस्टोरलका ८.२ प्रतिशत रहेको देखाएको छ । 

चीनले उच्च रक्तचाप, रगतमा चिनीको मात्रा बढी भएका र हाइपरलिपिडेमिया विरुद्ध जनवरीदेखि विशेष कार्यक्रम संचालन गर्ने तयारी गरेको छ । यी रोग भएका व्यक्तिको उपचार र नियन्त्रणमा सघाउँदै राम्रो व्यवस्थापन गर्ने उपायका बारेमा सचेतना फैलाउने चीनको योजना छ । 

यस कार्यक्रममा आबद्ध एक अधिकारी काई जूनले यस कार्यक्रमले प्रारम्भमा २ लाखभन्दा बढी व्यक्तिलाई समेट्ने र सन् २०२२ सम्ममा ३४ वटा जिल्ला र काउन्टीमा विस्तार गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय