2026-09-22 02:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फुटबलको बन्द प्रशिक्षणबाट विमल घर्ति मगर सहित १४ खेलाडी बाहिरिए

पुस १८, काठमाडौँ | राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको हो ।

राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले एक महिनाको प्रशिक्षणपछि ती खेलाडीको छनोट गरिएको जानकारी दिनुभयो । बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीमा विमल घर्ति मगर, राजिव लोप्चन, विमल राना, सुमन अर्याल, अमित तामाङ, देव लिम्बू, रन्दिप पौडेल, दिपेश आले मगर, जय गुरुङ, नितिन थापा, रजत तिवारी, राजेश परियार, प्रिजन तामाङ र रेजिन सुब्बा रहेका छन् । 

लामो समय मैदान बाहिर रहेर टोलीमा स्थान बनाएका घर्ती मगर चोटका कारण बाहिरिनुभएको हो । अभ्यासका क्रममा उहाँलाई गम्भीर चोट लागेको हो । उहाँको उपचार कतारमा गरिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो । चोटबाट मुक्त भएपछि भने टोलीमा फर्कने एन्फाले जनाएको छ । 

विश्वकप छनोट खेलका लागि एन्फाले खेलाडीलाई सातदोबाटोस्थित प्रशिक्षण केन्द्रमा बन्द प्रशिक्षणको व्यवस्था गरेको छ । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली अभ्यासमा जुटेको हो । नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्न बाँकी छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु