2026-09-22 02:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालद्वारा नेदरल्याण्ड पराजित: डेब्युमै कुशल र आसिफको कीर्तिमानी साझेदारी

वैशाख ४, काठमाडौँ | त्रिकोणात्मक सिरिज क्रिकेट अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालको खेलमा नेपालले जित हाँसिल गरेको छ । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले शतकीय साझेदारी गरेपछि नेपालले नेदरल्याण्डलाई १५ ओभरमै ९ विकेटले पराजित गरेको हो ।

जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कुशल र आसिफले शानदार ब्याटिङ गर्दै ११ औं ओभरमा शतकीय साझेदारी गरे । दुवैले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको डेब्यू खेलमा ओपनिङ गरेका हुन् ।

कुशल र आसिफले टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी समेत गरेका छन् । यी दुईले पहिलो विकेटका लागि ११६ रनको साझेदारी गर्दै यसअघि १३औं सागमा पारस खड्का र ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध बनाएको १०८ रनको साझेदारीको कीर्तिमान तोडेका हुन् ।

नेपालका लागि सर्वाधिक रनको साझेदारी भने पारस खड्का र आरिफ शेखले २०१९ मा सिंगापुर विरुद्ध गरेका थिए । 

खेलमा कुशलले ४६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिए । आसिफ शेख ३८ बलमा ४ चौका र ४ छक्का ५४ रनमा अविजित रहे । पहिलो विकेटका लागि आसिफ र कुशलले १२.४ ओभरमा १ सय १६ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपालले सानदार जित निकालेको हो । ज्ञानेन्द्र मल्ल १३ रनमा अविजित रहे । आसिफले ३६ र कुशलले ३० बलमा अर्धशतक पूरा गरेका थिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । नेदरल्यान्ड्का ब्याट्सम्यान बास डी लिडेले ४९ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए । त्यस्तै एन्टोनियस स्टल ९ बलमा २ चौका र १ छक्का सहित २९ रनमा अविजित रहे । त्यस्तै कप्तान पिटर सीलार १७ बलमा २ चौका र १ छक्का सहित २३ रनमा अविजित रहे । 

खेलमा सन्दीप लामिछानेले दुई विकेट लिए भने सोमपाल कामी र साहव आलामले एक/एक विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु