2026-09-22 02:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

वैशाख ९, काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर २१७ रन बनायो । 

विश्व कीर्तिमान बनाउने क्रममा रहनुभएका प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेल पाँचौँ ओभरको पहिलो बलमा नै मुहम्मद वफिकका बलमा क्याच आउट हुनुभयो । उहाँले १२ बल खेल्दै दुई छक्काका मद्दतमा १६ रन बनाउनुभयो । 

यसअघिका तीन खेल(नेदरल्याण्डस, मलेसिया)मा लगातार अर्धशतक प्रहार गरी विश्व कीर्तिमान बनाउनुभएका भुर्तेल थप नयाँ कीर्तिमान बनाउनबाट भने चुक्नुभयो । नेपालको पारिलाई कप्तान ज्ञानेन्द्र मल्ल र प्रारम्भिक ब्याटस्म्यान आशिफ शेखले सम्हाल्नुभयो । दुवै जनाबीच ७३ रनको साझेदारी भयो । सो क्रममा शेखले ४२ रनको योगदान दिनुभयो । उहाँले ३३ बल खेल्दै तीन छक्का र तीन चौका  हान्नुुभयो । यस्तै कप्तान मल्लले २५ बलमा एक छक्का र चार चौका हान्दै ४१ रनको योगदान दिनुभयो । 

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाउनुभयो । उहाँले १७ बलमा एक छक्का र पाँचा चौका हान्नुभयो । यस्तै करण केसीले उत्कृष्ट ब्याटिङ गर्नुभयो । उहाँले मात्र १३ बलमा ४५ रनको योगदान दिनुभयो । सो क्रममा केसीले सात छक्का प्रहार गर्नुभयो । यस्तै कुशल मल्लले अविजित १९ रन बनाउनुभयो । 

बलिङतर्फ मलेसियाका लागि फित्री साम, अनवर रहमान र सयद अजिजले दुईदुई तथा मुहम्मद वफिकले एक विकेट लिनुभयो । अहिले मलेसियाले जवाफी ब्याटिङ गरिरहेको छ । मलेसियाले केही बेरअघिसम्म सात ओभरमा दुई विकेट गुमाउँदै ५७ रन बनाएको छ । 

नेपालका लागि दुवै विकेट सोमपाल कामीले लिनुभएको हो । मलेसियाका लागि आजको खेल औपचारिकता मात्र हो । सिरिजका पुछारमा रहेको मलेसिया प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल यसअघि नै फाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु