2026-09-22 02:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोकप: क्रोएसिया र चेक रिपब्लिकको बराबरी

असार ४, काठमाडौँ | जारी युरोकपको शुक्रबार राति भएको क्रोएसिया र चेक रिपब्लिकको खेलमा बराबरी नतिजा आएको छ । खेलको ३७ औं मिनेटमा चेक रिपब्लिकका प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्दै चेकलाई अग्रता दिलाएका थिए ।

सिकले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर डेजान लोभ्रनले फल गरेपछि भीएआरमार्फत पेनाल्टी दिइएको थियो । उनले लिभाकोभिचलाई गलत दिशामा पठाउँदै जारी युरोकपमा व्यक्तिगत तेस्रो गोल गरेका छन् । खेलको पहिलो हाफमा क्रोएसियाले केहि अवसरहरु सदुपयोग गर्न नसक्दा कुनै गोल स्कोर बनाउन सकेन तर दोस्रो हाफको सुरुवातमा नै क्रोएसियाले बराबरी गोल फर्कायो । क्रोएसियाका पेरिसिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट पोस्टतर्फ गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो । खेलमा क्रोएसिया र चेक रिपब्लिकले बराबरीमै रोकिए । 

यो बराबरीसँगै चेकले समूह डीको शीर्षस्थानमा २ खेल खेल्दै ४ अंक जोडेको छ भने क्रोएसिया १ अंकका साथ तेस्रो स्थानमा छ । 

आजै भएको खेलमा स्वीडेनले स्लोभाकियालाई पराजित गरेको थियो । स्लोभाकियामाथि १–० को जित निकाल्दै स्वीडेन समूह इ को शीर्षस्थानमा पुगेको छ । सेन्ट पिटर्सबर्गमा शुक्रबार भएको खेलमा स्वीडेनको जितमा इमिल फोर्सबर्गले दोस्रो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । उनले ७७औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

खेलमा जितसँगै समूह ‘ई’ मा स्वीडेन २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लँदा पराजित स्लोभाकिया २ खेलबाट ३ अंकका साथ दोस्रो स्थानमा झरेको छ । 

अब अर्को खेल १२:४५ बजे ३ अंक जोडेको इंग्ल्यान्ड र स्कटल्यान्डबीच हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु