2026-09-22 01:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोकपमा आज ४ खेल : अघिल्लो चरण पुग्ने सम्भावना कुन देशको कति ?

असार ७, काठमाडौँ । यूईएफए युरोकप फुटबलमा सोमबार (आज) चार खेल हुँदै छन्। आज एकै दिन समूह ‘बी’ र ‘सी’का खेल हुनेछन्।

आज समूह ‘सी’का दुई खेल राति पौने १० बजे हुनेछ भने मध्यराति पौने १ बजे समूह ‘बी’का दुई खेल हुनेछन्। समूह ‘सी’को अन्तिम चरणको खेलमा समान ३ अंक भएका युक्रेन र अष्ट्रिया भिड्नेछन्। अघिल्लो चरणमा स्थान बनाउनका लागि दुवै टोलीलाई जित उत्तिकै आवश्यक छ । युक्रेनले भने अष्ट्रियाविरुद्ध जित निकाले वा बराबरीले पनि दोस्रो चरणमा पुग्नेछ।

अष्ट्रियाले भने युक्रेनलाई हराउन सके अर्को चरण पुग्नेछ। बराबरी वा हार भोगेमा भने अर्को चरण पुग्न अन्य टोलीको नतिजा कुर्नुपर्ने हुन्छ। समूह चरणकै अर्को खेलमा सोही समयमा समूह चरणबाट बाहिरिइसकेको नर्थ मेसेडोनियाले अन्तिम १६ मा पुगिसकेको नेदरल्याण्डको सामना गर्नेछ।

नेदरल्यान्ड एक खेलअगावै यसअघि नै अन्तिम १६ मा पुगेको हो। आजको खेलमा नेदरल्यान्डलाई बराबरी नै पर्याप्त हुनेछ। आजै हुने समूह ‘बी’को अन्तिम चरणको खेलमा शीर्षस्थानको बेल्जियमले तेस्रो स्थानको फिनल्यान्डसँग खेल्नेछ।नकआउट चरणमा पुगिसकेको बेल्जियमले आजको खेलमा बराबरी मात्रै गरे पनि समूह विजेता बन्नेछ। बेल्जियमलाई पराजित गरे फिनल्याण्ड अघिल्लो चरणमा पुग्नेछ।

यदि बेल्जियमसँग फिनल्याण्ड पराजित भएमा वा बराबरीको अवस्थामा समूह चरणकै अर्को खेलमा रसिया हार्नुपर्ने हुन्छ। अर्को खेलमा रसियाले डेनमार्कलाई हराएमा अन्तिम १६ मा पुग्नेछ। रसियाले बराबरी गर्दा फिनल्याण्ड र बेल्जियमले बराबरी गर्नुपर्ने हुन्छ। डेनमार्कले जित निकालेको खण्डमा भने फिनल्याण्ड पराजित हुनुपर्नेछ। साथै गोल अन्तर पनि महत्वपूर्ण हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु