2026-09-22 01:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला फुटबल बन्द प्रशिक्षणः दोस्रो चरणमा २८ खेलाडी छनोट

साउन ३१, काठमाडौँ  (रासस)। एसियन कप फुटबलको छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४५ मध्ये दोस्रो चरणमा २८ खेलाडी छनोट गरिएको छ । दोस्रो चरणमा बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिनु भएको छ ।  

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आज दोस्रो चरणमा सहभागी हुने खेलाडीको छनोट गर्नुभएको हो । बन्द प्रशिक्षणका लागि छनोट भएका खेलाडीहरुमा अन्जना रानामगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ, अमिषा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाइवा, विमला विक, विमला चौधरी, दीपा राई, गीता राना, हेमा चौधरी, हिराकुमारी भुजेल, इन्दिरा राई, मनिषा राउत, मन्जली तामाङ, निशा थोकर, प्रीति राई, पुजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मीकुमारी घिसिङ, रेनुका नगरकोटे, सविता रानामगर, सरु लिम्बु, शर्मिला थापा र सिर्जना सिंह रहनुभएको छ । 

बन्द प्रशिक्षणबाट रेखा पौडेल, सपना राई, सृजना चेम्जोङ, रविना गोले, सुष्मा तामाङ, सुनिता चौधरी, सपना लामा, घिमकुमारी गुरुङ, सृजना खड्का, निर्मला विक, निर्मला उपाध्याय, दीपा न्यौपाने, शिवानी कुसवार, सरस्वती हमाल, कुसुम खतिवडा, सलोनी राना मगर र चुमालुङ्मा राई बाहिरिनु भएको छ । 

नेपालले एसियन कप फुटबल २०२२ को छनोट चरण खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाल समूह ‘एफ’ मा रहेको छ । सो समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । समूहको शीर्ष टोली एसियन कपका लागि छनोट हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु