साउन ३१, काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आज भएको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्डसामु २१"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आज भएको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्डसामु २१"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

नेपालद्वारा नेदरल्यान्डसामु २१८ रनको चुनौती

३१ श्रावण २०७३, सोमबार १३:१३

साउन ३१, काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आज भएको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्डसामु २१८ रनको चुनौती पेस गरेको छ । 

नेदरल्यान्डको आमस्ट्रडममा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २१७ रनको योगफल तयार ग¥यो । 

नेपालले प्रतियोगिताको सुरुवात भने राम्रो गर्न सकेन । नेपालले २२ रन जोड्दा पहिलो विकेटका रुपमा अनिल मण्डललाई गुमायो । मण्डल चार रन जोड्दै बाहिरिए । त्यस्तै नेपालका अर्का ब्याट्सम्यान शरद भेषावकर पनि छ रन जोड्दै दोस्रो विकेटका रुपमा आउट भए । 

तेस्रो विकेटका रुपमा नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमायो । ५२ बल खेलेका मल्ल एक चौका र एक छक्काको मद्वतमा व्यक्तिगत ३९ रन जोड्दै बाहिरिए । त्यतिबेला नेपालले जम्मा ६५ रन जोडेको थियो । तर नेपाली टोलीका कप्तान पारस खड्का र सागर पुनले नेपाली पारी सम्हाले । 

खेलको १४ दशमलव ४ ओभरमा सरद भेषावकरको ठाउँमा मैदान प्रवेश गरेका कप्तान खड्काले प्रतियोगितामा अर्धशतक बनाए । ९४ बल खेलेका उनले सात चौका र एक छक्काकोे मदतमा ८४ रन जोडेका हुन् । त्यस्तै कप्तान खड्काले सागर पुनसँग ११८ रनको साझेदारी गरे । ७८ बल खेलेका पुनले दुई चौका प्रहार गर्दै ४५ रन जोडे । 

त्यसैगरी विनोद भण्डारीले १७, बसन्त रेग्मीले चार तथा सोमापाल कामीले दुई रन जोडे भने राजु रिजाल रन नजोडी आउट भए । शनिबार भएको पहिलो खेलमा भने नेपाल नेदरल्यान्डसँग सात विकेटको विशाल अन्तरले पराजित भएको थियो । 

केहीबेरमा नेदल्यान्डस् जवाफी ब्याटिङमा उत्रदैछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार