साउन ३१, काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आज भएको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्डसामु २१"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आज भएको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्डसामु २१"/>
२०८२, १५ चैत्र आईतवार
काठमाडौँ - KTM

नेपालद्वारा नेदरल्यान्डसामु २१८ रनको चुनौती

२०७३, ३१ श्रावण सोमबार १३:१३

साउन ३१, काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आज भएको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्डसामु २१८ रनको चुनौती पेस गरेको छ । 

नेदरल्यान्डको आमस्ट्रडममा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २१७ रनको योगफल तयार ग¥यो । 

नेपालले प्रतियोगिताको सुरुवात भने राम्रो गर्न सकेन । नेपालले २२ रन जोड्दा पहिलो विकेटका रुपमा अनिल मण्डललाई गुमायो । मण्डल चार रन जोड्दै बाहिरिए । त्यस्तै नेपालका अर्का ब्याट्सम्यान शरद भेषावकर पनि छ रन जोड्दै दोस्रो विकेटका रुपमा आउट भए । 

तेस्रो विकेटका रुपमा नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमायो । ५२ बल खेलेका मल्ल एक चौका र एक छक्काको मद्वतमा व्यक्तिगत ३९ रन जोड्दै बाहिरिए । त्यतिबेला नेपालले जम्मा ६५ रन जोडेको थियो । तर नेपाली टोलीका कप्तान पारस खड्का र सागर पुनले नेपाली पारी सम्हाले । 

खेलको १४ दशमलव ४ ओभरमा सरद भेषावकरको ठाउँमा मैदान प्रवेश गरेका कप्तान खड्काले प्रतियोगितामा अर्धशतक बनाए । ९४ बल खेलेका उनले सात चौका र एक छक्काकोे मदतमा ८४ रन जोडेका हुन् । त्यस्तै कप्तान खड्काले सागर पुनसँग ११८ रनको साझेदारी गरे । ७८ बल खेलेका पुनले दुई चौका प्रहार गर्दै ४५ रन जोडे । 

त्यसैगरी विनोद भण्डारीले १७, बसन्त रेग्मीले चार तथा सोमापाल कामीले दुई रन जोडे भने राजु रिजाल रन नजोडी आउट भए । शनिबार भएको पहिलो खेलमा भने नेपाल नेदरल्यान्डसँग सात विकेटको विशाल अन्तरले पराजित भएको थियो । 

केहीबेरमा नेदल्यान्डस् जवाफी ब्याटिङमा उत्रदैछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना