साउन ३२, ताप्लेजुङ । ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सेमिफाइनल चरणको खेल सुरु हुँदैछ । 

पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा आज घरेलु टोली सङ्घर्र्ष स्पोर्टिङ क्लब उकालीपानी, ताप्लेजुङ र इलाम–११ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, ताप्लेजुङ । ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सेमिफाइनल चरणको खेल सुरु हुँदैछ । 

पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा आज घरेलु टोली सङ्घर्र्ष स्पोर्टिङ क्लब उकालीपानी, ताप्लेजुङ र इलाम–११ "/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाथीभरा गोल्डकपको सेमिफाइनल आजदेखि

३२ श्रावण २०७३, मंगलवार ०५:११

साउन ३२, ताप्लेजुङ । ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सेमिफाइनल चरणको खेल सुरु हुँदैछ । 

पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा आज घरेलु टोली सङ्घर्र्ष स्पोर्टिङ क्लब उकालीपानी, ताप्लेजुङ र इलाम–११ भिड्ने भएका छन् । खेल सदरमुकामस्थित भानुजन उच्च माविको खेल मैदानमा दिउँसो २ बजेदेखि सुरु हुनेछ । 

यस्तै, महिलातर्फ सोमबारको विजेता सूर्योदय युथ क्लब जाँते मोरङ र लेकसाइड स्पोर्टिङ क्लब ताप्लेजुङ नगरपालिका–६ बीच खेल हुने आयोजकले जनाएको छ । सो खेल अहिले बिहान ११ बजे सुरु हुनेछ । पुरुषतर्फको सोमबार भएको खेलमा गोर्खा स्पोर्टिङ क्लब दमक झापाद्वारा सिलगुढी भारत १–० गोल अन्तरले पराजित भएको छ । 

खेलको पहिलो हाफको १७औँ मिनेटमा झापाका जर्सी नम्बर ११ का सुजल श्रेष्ठले गरेको गोल नै गोर्खा स्पोर्टिङ क्लबको जितका लागि निर्णायक बन्यो । सो खेलको ‘म्यान अफ दी म्याच’ सिलगुढी भारतका उत्तम गुरुङ घोषित भएका छन् । 

यस्तै, सोमबारदेखि सुरु भएको महिलातर्फको खेलमा मानाभरा युवा क्लब खेजेनिम ताप्लेजुङलाई ३–० गोल अन्तरले पराजित गर्दै सूर्योदय युथ क्लब जाँते मोरङले आफ्नो विजयी यात्रा सुरुवात गरेको छ । 

खेलको पहिलो हाफको १२आँै र १५औँ मिनेटमा मोरङकी संरचना प्रधान र कोपिला खनालले क्रमशः एक÷एक गोल गरेका थिए भने दोस्रो हाफमा मोरङकै दीपा न्यौपानेले थप एक गोल गरेकी थिइन् । यस खेलमा भने संरचना प्रधान म्यान अफ दी म्याच घोसित भएकी छिन् । 

शुक्रबारदेखि जारी रहेको खेल भदौ २ गते सम्पन्न हुनेछ । २०२९ सालदेखि हरेक वर्ष लाखेजात्राका अवसरमा सञ्चालन हुँदै आएको प्रतियोगितामा पछिल्ला वर्षमा विदेशी टोलीको समेत सहभागिता हुन थालेपछि छिमेकी भारतदेखि स्वदेशका विभिन्न जिल्लाबाट समेत दर्शकको ठूलो उपस्थिति हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार