2026-08-25 09:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

न्युज कारखाना | भदौ २७, काठमाडौं | पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशविरुद्ध जित निकालेको नेपाली महिला फुटबल टोली आज आइतबार दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा नेपाली टोली जितको यात्रालाई निरन्तरता दिने योजनामा छ ।

पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु खेलाडी  सविता रानामगर र प्रीति राईको गोलले नेपालले जितेको थियो । दोस्रो खेलमा नेपालको सुरुवाती ११ मा परिवर्तनको सम्भावना न्यून छ । 

पहिलो मैत्रीपूर्ण खेलमा लेफ्ट ब्याक हिराकुमारी भुजेल घाइते भए पनि उनी अभ्यास सत्रमा सहभागि भएकी छन । यसअघि हिराको स्थानमा सृजनाले डेब्यु गरेकी थिइन् ।

प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो मैत्रीपूर्णसमेत सोही सेट उतार्न सक्छन् । खेल अनुकूल नभएमा उनले नयाँ खेलाडी डेब्यु गराउन सक्छन् ।

पहिलो मैत्रीपूर्णमा सविता र प्रीतिसहित रस्मी घिसिङ र सृजना सिंहले डेब्यु गरेका थिए ।

आसन्न एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला टिमले घरेलु मैदानमा बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलको हो ।

एसियन कप छनोटमा समूह ‘एफ’मा रहेको नेपाली टिमले १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा  हङकङसँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग