2026-09-22 01:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओडिआई सिरिजमा अमेरिकाद्वारा नेपाल पहिलो पटक पराजित, अब आइतबार ओमानसँग भिड्दै

असोज १, काठमाडौँ | आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिकाले नेपाललाई पहिलो पटक पराजित गरेको छ । ओपनर स्टिभ टेलरको उत्कृष्ट ब्याटिङसँगै अमेरिकाले नेपाललाई ४८ ओभरमै अलआउट गरेर १७५ रनको विजयी लक्ष्य पछ्याएको थियो । 

शुक्रबार राती सम्पन्न खेलमा अमेरिकाले नेपाललाई ६ विकेटले पराजित गरेको छ । योसँगै अमेरिका विश्वकप लिग २ मा लगातार ६ हारमा पूर्णविराम लगाएको छ । नेपालले ओडिआईमा अमेरिकासँग पहिलो पटक हारेको हो । नेपालको जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्न सफल भएको थियो । अमेरिका जितमा स्टिभ टेलरले ६३ बलमा १२ चौका र ३ छक्का सहित सर्वाधिक ९२ रनको योगदान दिएका थिए । 

नेपालले ओडिआई खेलमा अमेरिकासँग पहिलो पटक पराजित भएको हो । यसअघि खेलेका तीनै खेलमा नेपालले अमेरिकामाथि सहज जित हात पारेको थियो । नेपालले पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । गतवर्ष नेपालमा पहिलो खेलमा ३५ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा अमेरिकालाई नेपालले ३५ रनमा अल आउट गरेको थियो । यस अघि ओमानसँग नेपाल ५ विकेटले पराजित हुन पुगेको थियो । नेपालले अन्तिम खेल ओमानसँग फेरी आइतबार खेल्दैछ । ओमान १२ खेलमा १० मा जित र २ मा हार सहित २० अंकका साथ शीर्ष स्थानमा छ । त्यस्तै अमेरिका १५ खेलमा ७ जित र ८ हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । त्यस्तै स्कटल्यान्ड ८ खेलमा ४ जित र ३ हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । त्यस्तै नामिबिया ७ खेलमा ४ जित र ३ हार सहित ८ अंक सहित चौथो स्थानमा छ । त्यस्तै युएई ७ खेलमा समान ३ जित र ३ हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । यता नेपाल भने ७ खेलमा ३ जित र ४ हार सहित ६ अंकका साथ छैटौं स्थानमा छ । त्यस्तै पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै सबैभन्दा पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु