2026-09-22 12:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ईपीएल : विराटनगरलाई हराउँदै चितवनको विजयी शुरुवात

असोज १०, काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा चितवन टाइगर्स विजयी भएको छ । टियु क्रिकेट मैदानमा विराटनगर वारियर्समाथि दुई विकेटको जित हात पार्दै चितवनले जित हात पारेको हो ।

विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍याे । चितवनको जितमा राजेश पुलामीले अविजित रहँदै सर्वाधिक ४३ रन बनाए । 

यस्तै भीम सार्कीले ३० तथा दिलिप नाथले २३ रन जाेडे भने करिम जनत १९ रन तथा इशान पाण्डे १० रनमा आउट भए । कप्तान सोमपाल कामी ९, सेकुगे प्रसन्न ३ तथा कमल सिंह ऐरी र हमद शाहजाद १ रनमा आउट भए । विराटनगरका सिकन्दर राजा र करण केसीले समान २/२ विकेट लिए । प्रतिस जिसी, अनिल खरेल र रायन पठानले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।

यस्तै अनिल शाहले ३२ र सौरभ खनालले अविजित ३० रन बनाएका थिए । बिक्रम भुसालले ७ रन जोडे । अनिल खरेल शून्य रनमा अविजित रहे । चितवनका कप्तान सोमपाल कामी, कमल सिंह ऐरी, करिम जनत र सागर ढकालले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी