2026-09-22 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज श्रीलंका र नेपाल भिड्दै, लगातार दोश्रो जितको दाउमा नेपाल

असोज १८, काठमाडौं | साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज साेमबार नेपालले श्रीलंकाको सामना गर्दैछ । माल्दिभ्सको मालेको हुने आफ्नो दोस्रो खेलमा नेपालले फिफा बरीयतामा आफूभन्दा निकै तल रहेको श्रीलंकासँग खेल्न लागेको हो । 

खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । नेपाल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने श्रीलंका पहिलो जितको खोजीमा छ ।

यसअघिको खेलमा नेपालले साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पाखा लगाएकाे थियाे । श्रीलंकासमेत सोही नतिजाका साथ बंगलोदशलाई ३ अंक सुम्पिएको थियो । 

खेल अघि प्रि-म्याच पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीको प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले श्रीलंका बलियो टोली रहेको र सचेत भएर ३ अंकका लागि खेल्ने बताएका छन् । कप्तान किरणकुमार लिम्बुले ९० मिनेट मिहिनेत गर्दै ३ अंकका लागि खेल्ने बताए । 

बिगत हेर्दा नेपालभन्दा श्रीलंका बलियो देखिन्छ । नेपाल र श्रीलंकाबीच हालसम्म १७ खेल भएका छन् । जसमा नेपालले ३ खेल आफ्नो पक्षमा राख्दा ८ खेल बराबरीमा समाप्त भएको छ । श्रीलंकाको पक्षमा ६ खेल गएको छ । 

आज सोमबार नै पहिलो खेलमा भारत र बंगलादेश भिड्दैछन् । प्रतियोगितामा भारतको पहिलो खेल हो भने बंगलादेश लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी