2026-09-22 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साफ च्याम्पियनसिप : आक्रामक खेलले दिलाएको सफलता

असोज १९ , काठमाडौं , न्युज कारखाना । दोस्रो प्रतिस्पर्धात्मक खेलमा श्रीलंकालाई पराजित गर्दै नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेकाे छ । नेपालले फिफा बरीयतामा आफूभन्दा निकै तल रहेको श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल थप्दा २ गोल ब्यहोरेको थियो ।  

यसअघि नेपालले १३औँ संस्करणको साफ उद्घाटन खेलमा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो । लगातार दुई जितसँगै नेपाल सिंगल राउण्ड रोबिन लिगको शीर्ष स्थानमा । पाँच देश सम्मिलित लिगमा नेपालले दुई खेलबाट शतप्रतिशत जितसहित ६ अंक बनाएको छ ।

दुई खेलबाट चार अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । एक खेलबाट एक अंक बटुलेको भारत तेस्रो स्थानमा छ । एक खेलबाट बिना कुनै अंक माल्दिभ्स र दुई खेलबाट कुनै अंक जोड्न नसकेको श्रीलंका क्रमशः चौथो र पाँचौ स्थानमा छन् । 

नेपाल दोस्रो जितसँगै फाइनल उन्मुख भएको छ । तालिकाका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । अब नेपाल एक खेल जितले फाइनल पुग्ने निश्चित छ । नेपालले तेस्रो खेलमा सात पटकको साफ बिजेता भारतको सामना गर्नेछ । 

पछिल्लो समय आक्रामक फुटबलमा केन्द्रित नेपाल लगातार दुबै खेलमा सोही रणनीतिमा सफल रह्यो । नेपालका लागि कुबेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले युवा तथा अनुवभी  मिश्रित नेपाली टोलीलाई आक्रमक फुटबलमा अभ्यस्त बनाउने प्रयास गरिरहेका छन् । धेरै समय विपक्षीको दबाब लिँदै अन्तिममा गोल गर्ने अब्दुल्लाहको रणनीति सफल हुँदै पनि गएको छ । 

पहिलो खेलमा माल्दिभ्सविरुद्ध अब्दुल्लाह सोहि रणनीतिमा सफल भए । अनुभवी माल्दिभ्सका खेलाडीसामु युवा खेलाडी उतारेका अब्दुल्लाहले ‘फ्रेस’ मनिष डाँगीलाई मैदान पठाउँदै निर्णायक काउन्टर गोल गराएका थिए । 

दोस्रो खेलमा भने अब्दुल्लाहले सुरुवातबाटै नेपाली टोलीलाई आक्रमणमा जोड दिए । नियमित डिफेण्डर दिनेश राजवंशीलाई बाहिर राख्दै डिफेन्सिभ मिडफिल्डर रोहित चन्दलाई दोहोरो भूमिका दिए । उनले मिडफिल्डर पुजन उपरकोटीलाई रक्षा तथा मिड दुबैमा खेलाए ।

पहिलो खेलमा लेफ्ट विंगरको भूमिका पाएका सुजल श्रेष्ठलाई बाहिर राख्दै विशाल राईलाई होल्डिङ मिडफिल्डरमा मौका दिए । विशाल सुरुवाती ११ रहे पनि नियमित तेज तामाङले अट्याकमा प्रस्ट देखिए ।

सुजलको स्थानमा सुमन लामा आएका थिए । पछिल्लो समय अभ्यास सत्रमा नेपाली अट्याकमा सफल रहेका सुमनले पुनः एक पटक प्रशिक्षक अब्दुल्लाहको रणनीतिलाई न्याय दिए । सुमनले अगाडि बढ्दै खेलको ३१ मिनेटमा नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । सुमनले एक्ला स्ट्राइकर नवयुग श्रेष्ठको पासलाई सदुपयोग गर्दै सिक्स यार्ड बक्सबाट आकर्षक गोल गरे । देशका लागि यो सुमनको पहिलो गोलसमेत हो । पाँच वर्ष अघि राष्ट्रिय टोलीबाट डेब्यु गरेका सुमनले आफ्नो १६औँ क्यापमा गोल गरेका हुन् । 

दोस्रो गोलसमेत काउन्टरमा सम्भव भएको थियो । तेज तामाङले दिएको लामो क्रस वैकल्पिक खेलाडी आयुषले कन्ट्राेल गरे । आयुषले बक्सभित्र श्रीलंकन डिफेण्डरलाई बिट गर्दै नवयुगलाई बल उपलब्ध गराए । नवयुगको प्रहार श्रीलंकन गोलरक्षक सुजन परेराले पन्च गरे । रिबाउण्ड बललाई अन्जन विष्टले गोललाइनबाट खोली पोष्टमा जाली चुमाए । 

तेस्रो गोलसमेत काउन्टरमै सम्भव भयो । युवा खेलाडी आयुषले पहिलो आधिकारिक गोल गरे । यसअघि बारम्बार गोल गर्न चुकेका आयुष यसपटक भने सफल रहे । उनले गोलरक्षक परेरालाई सिक्स र्‍याड बक्समा बिट गर्दै सहज गोल गरे । यसअघि अष्टेलियाविरुद्ध फिफा विश्वकप छनोटमा डेब्यु गरेका आयुषले कतारमा ओमानविरुद्ध पहिलो गोल गरेका थिए । तर, सो खेल आधिकारिक थिएन । 

एक प्रकारले प्रतियोगिताको दुबै खेलमा नेपाल काउण्टरमा सफल रह्यो । अब, नेपालको लक्ष्य तेस्रो खेलमा भारततर्फ केन्द्रित छ । 

खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले प्रतियोगितामा प्रदर्शनभन्दा पनि नतिजा महत्वपूर्ण हुने बताउँदै आगामी खेलमा समेत काउन्टरमै ध्यान हुने योजना सुनाए । ‘प्रदर्शन भन्दापनि नतिजा महत्त्वपूर्ण हुन्छ । विपक्षीले बल राख्न चाहन्छन् । मलाई अंक चाहिएको छ,’अब्दुल्लाहले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी