2026-08-25 08:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप इतिहाँसमा भारत पहिलो पटक पाकिस्तानसँग पराजित

कात्तिक ७, काठमाडौँ | एजेन्सी | ओपनर बाबर आजम र मोहम्मद रिजवानको कीर्तिमानी साझेदारीको सहयोगमा पाकिस्तानले आइसिसी टि-२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हाँशिल गरेको छ । आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको हो । विश्वकप इतिहाँसमा भारत पहिलो पटक पाकिस्तानसँग पराजित भएको हो ।

खेलमा जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १७.५ ओभरमा बिना कुनै विकेट पूरा गर्न सफल भयो । पाकिस्तानको जितमा कप्तान बाबर आजम ५२ बलमा ६ चौका र २ छक्का सहित ६८ रनमा अविजित रहे भने अर्का ओपनर मोहम्मद रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का सहित ७९ रनमा अविजित रहे ।

बाबर र रिजवानले टि२० विश्वकपमा नयाँ कीर्तिमान पनि बनाएका छन् । पहिलो विकेटका लागि यो विश्वकपमा भएको उच्च साझेदारी हो । यसअघि सन् २००७ मा क्रिस गेल र डेवन स्मिथले १ सय ४५ रनको साझेदारी गरेका थिए ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । खेलमा भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन बनाए । 

युवा तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरको चौथो बलमा ओपनर रोहित शर्मालाई शून्यमै एलबीडब्लू आउट गर्दै पाकिस्तानलाई पहिलो सफलता दिलाए । त्यस्तै अफ्रिदीले तेस्रो ओभरको पहिलो बलमा अर्का ओपनर केएल राहुललाई ३ रनमा बोल्ड आउट गरे ।

त्यस्तै भारतको तेश्रो विकेटको रुपमा बलर हसन अलीले छैटौं ओभरको चौथो बलमा सूर्यकुमार यादवलाई मोहम्मद रिजवानबाट ११ रनमा क्याच आउट भए । भारतको चौथो विकेटका लागि ऋषभ पन्त र विराट कोहलीले ४० बलमा ५३ रनको साझेदारी गरे । तर उक्त साझेदारीलाई स्पिनर शादब खानले १३ औं ओभरको दोस्रो बलमा पन्तलाई ३९ रनमा आउट गर्दै तोडे । त्यसपछि आएका रविन्द्र जडेजा १३ बल खेल्दै १ चौका सहित १३ रनमा क्याच आउट भए । त्यस्तै हार्दिक पान्ड्या ८ बलमा २ चौका सहित १२ रनमा आउट भए । 

त्यस्तै अफ्रिदीको बलमा कोहली रिजवानबाट क्याच आउट हुन पुगेका थिए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ३ विकेट, हसन अलीले २ विकेट, हरिस रौफले १ विकेट र शादब खानले १ विकेट लिए ।

यसअघि टि२० विश्वकपमा भारत र पाकिस्तानबीच ५ खेल भएका छन् । जुन खेलहरुमा भारतले पाकिस्तानलाई लगातार पराजित गर्दै आएको छ । तर आजको जितसँगै पाकिस्तानले भारतसँग निरन्तर हारको सृंखला तोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग