कात्तिक ७, काठमाडौं | मोहम्मद सलाहको ह्याट्रिक मद्दतमा लिभरपुरले इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडमाथि सानदार जित निकालेको छ । आइतबार युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड लिभरपुरसँग ५-० गोल अन्तरको लज्जास्पद हार ब्यहोर्न बाध्य भएको हो ।

लिभरपुरको जितमा मोहम्मद सलाहले ह्याट्रिक गोल गर्दा, नबी केइट र डिअगो जोटाले एक/एक गोल गरे । पहिलो हाफमै ४ गोल गरेको लिभरपुरले दोस्रो हाफमा थप १ गोल गरेको थियो ।

यस नतिजासँगै लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।

टोलीले ९ खेलमा २१ अंक जोडेको छ । युनाइटेड भने सातौं स्थानमा छ । शीर्षस्थानको चेल्सीको २२ अंक छ ।

October 24, 2021
काठमाडौँ - KTM, खेलकुद
सलाहले ह्याट्रिक गर्दा लिभरपुरसँग म्यानचेष्टर युनाइटेडको लज्जास्पद हार
By साझासवाल
2 मिनेट पढाइ