2026-09-22 11:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलियो इरानसँग नेपाल ४-० ले पराजित

कात्तिक ८, काठमाडौं | एएफसी यू- २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल बलियो इरानकसँग पराजित भएको छ । 

ताजकिस्तानको दुसन्बेमा भएको खेलमा नेपाल बलियो इरानसँग ४-० गोल अन्तरले पराजित भएको हो । 

पहिलो हाफमा इरानलाई रोकेको नेपालले दोस्रो हाफमा भने कमजोर प्रदर्शन गर्‍यो । फिफा वरीयतामा एसियाको शीर्षस्थानमा रहेको इरानले दोस्रो हाफमा ४७, ७७, ७९ र थपिएको तीन मिनेटमा लगातार गोल गर्‍यो । 

इरानको जीतमा हुसेनले २ गोल गरे । यस्तै, मेहदी र यासिनले १-१ गोल गरेका थिए । हुसेनले खेलको ७७ र ७९ मिनेटमा गोल गरे भने मेहदीले खेलको ४७ मिनेटमा गोल गर्दा यासिनको नाममा अन्तिम गोल रह्यो । 

बलियो इरानविरुद्ध नेपालले सुरुवाती क्षणबाट नै रक्षात्मक खेल खेलेको थियो । 

यसअघि पामिर स्टेडियममा पहिलो हाफको १७ मिनेटमा इरानका कप्तानले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा पहिलो खेल बराबरीमा सकिएको थियो । नेपालका डिफेण्डर अभिषेक लिम्बूले इरानका खेलाडीलाई बक्सभित्र लडाएपछि रेफ्रीले इरानलाई पेनाल्टी मौका दिएका थिए । 

प्रशिक्षक बालगोपाल महर्जनले इरानसँगको खेलमा नेपाली टोलीको कप्तानी तथा नेपाली पोष्ट अर्पण कार्कीलाई सम्हाल्ने जिम्मा दिएका थिए । 

अब, नेपालले आफ्नो दोस्रो खेलमा ११ गते ताजकिस्तानसँग खेल्नेछ । फिफा वरीयतामा ताजकिस्तान ११८औँ स्थानमा रहेको छ । यस्तै, तेस्रो तथा अन्तिम खेलमा नेपालले लेवनानसँग १४ कात्तिकमा खेल्नेछ । 

समूह विजेता फाइनल चरणमा छनोट हुनेछ ।  

इरानविरुद्ध नेपालको सुरुवाती ११

गोलरक्षक- अर्पण कार्की (कप्तान)

डिफेण्डर- सुमन अर्याल, अभिषेक लिम्बू, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ

मिडफिल्डर- रोशन पहारी, आयुष घलान, सेसेहाङ आङ्देम्बे, एरिक विष्ट, 

स्ट्राइकर- मनीष डाँगी, अभिषेक रिजाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने