2026-09-22 11:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानसँग भारत पराजित भएपछि खुसी मनाउने तीन कश्मीरी विद्यार्थी पक्राउ

न्युज कारखाना | कात्तिक ११, काठमाडौं । यूएईमा जारी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानसँग भारत पराजित भएपछि खुसी मनाएको आरोपमा प्रहरीले तीन जना कश्मीरी विद्यार्थीलाई पक्राउ गरेको छ। 

बुधबार उनीहरूलाई खुसी मनाएको र राष्ट्रविरोधी नारा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। आरबीएस बिचपुरीमा मंगलबार राति जगदीशपुरा पुलिस स्टेशनमा इन्जिनियरिङका विद्यार्थी अरशद युसुफ, इनायत अल्ताफ र शैकत अहमद गनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो। 

प्रहरीले काश्मिरी विद्यार्थीहरूलाई उनीहरूको व्हाट्सएप स्टेटस र च्याटिङको प्रमाणको आधारमा पक्राउ गरेको थियो।  तीनै अभियुक्तलाई बिहीबार अदालतमा पेश गरिने छ। टी–२० विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीच २४ अक्टोबरमा भएको खेलमा पाकिसतानसँग भारत १० विकेटले पराजित भएको थियो। 

मंगलबार बिचपुरीको आरबीएस इन्जिनियरिङ प्राविधिक क्याम्पसका तीन कश्मीरी विद्यार्थीहरूको व्हाट्सएप स्टेटस र च्याट भाइरल भाइरल भएको थियो। कलेज व्यवस्थापनले यो कुरा थाहा पाएपछि इन्जिनियरिङका तीन विद्यार्थीलाई निलम्बन गरेको थियो। 

भारतीय जनता युवा मोर्चाका पदाधिकारीहरूले पाकिस्तानको विजयमा कश्मीरी विद्यार्थीहरूले उत्सव मनाएको थाहा पाएपछि हंगामा मच्चाएका थिए। भाजपाका ब्रज प्रान्त क्षेत्रीय मन्त्री गौरव राजावतले आरोपी विद्यार्थीहरू विरुद्ध मुद्दा दर्ता गरेका थिए। 

– तस्वीर : जागरणबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने