2026-09-22 11:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भेट्रान्स कप : सेमिफाइनल समीकरण पूरा

कात्तिक १२, काठमाडौं | मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । 

फुटबलर्स मिसन टुगेदरको आयोजना पहिलो संस्करणको प्रतियोगिताको क्वार्टरफाइनल खेल समाप्त भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । 

दशरथ रंगशालामा जारी प्रतियोगितामा नेपाल आर्मी, खुमलटार, झापा भेन्ट्रान्स एफसी र एसएनकेसी अन्तिम चार अर्थात् समेफिाइनलमा प्रवेश गरेका छन् । 

शुक्रबार भएको पहिलो क्वार्टरफाइनलमा नेपाल आर्मी भेट्रान्स क्लबले भनिमण्डल भेट्रान्सलाई ३-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो । आर्मीको जीतमा राजु तामाङ, विकर्ण श्रेष्ठ र हरि महतोले समान १-१ गोल गरे ।

दोस्रो क्वार्टरफाइनलमा फ्रेन्ड्स क्लबलाई ५-० गोल अन्तरले पराजित गर्दै खुमलटार अन्तिम चारमा पुगेको छ ।खुमलटारको जीतमा रितेश खड्काले २ गोल गरे भने भगवान् थापा, निमा लामा र टासी छिरिङले १-१ गोल गरे । 

यस्तै, अन्तिम आठको तेस्रो खेलमा चितवन भेट्रान्सलाई ४-० गोल अन्तरले पराजित गर्दै झापा भेट्रान्स एफसी अन्तिम चारमा पुगेको हो । झापाको जीतमा नरेन्द्रमणि लिम्बूले २ गोल गर्दा अंकुरकुमार खड्गी र  रमेश गुरुङले १-१ गोल गरे ।

शुक्रबार भएको अन्तिम क्वार्टरफाइनलमा पोखरा- ११ भेट्रान्सलाई ४-१ गोल अन्तरले पराजित गर्दै एसएनकेसीले अन्तिम चारमा स्थान बनाएको छ । 

एसएनकेसीको जीतमा दिनेश ब्यन्जनकर, बालगोपाल शाहुखल, सुरेन्द्रबहादुर तामाङ र राजेश शाहीले १-१ गोल गरे  । पोखराका मनोजकुमार गुरुङले १ गोल फर्काए ।

अब, सेमिफाइनलमा आर्मीले झापाको सामना गर्नेछ । यस्तै, खुमलटारले फाइनल प्रवेशका लागि एसएनकेसीको सामना गर्नेछ । 

जारी प्रतियोगितामा सहभागी २१ टिमलाई सात समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणमा स्थान बनाएका थिए ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाउने पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने