2026-08-25 07:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप क्रिकेट: पाकिस्तानको लगातार तेश्रो जित, अफगानिस्तान १९ ओभरमै समेटियो

कात्तिक १२, काठमाडौँ | पाकिस्तानले आइसिसी टि-२० विश्वकप २०२१ मा लगातार तेस्रो जित दर्ता गरेको छ । पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको हो । सुपर १२ को समूह २ मा रहेको पाकिस्तानले लगातार तेस्रो जित हाँशिल गरेसँगै पाकिस्तान शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने पक्का जस्तै भएको छ ।

खेलमा १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभरमै लक्ष्य पुरा गर्न सक्यो । पाकिस्तानले ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्ने क्रममा ओपनर ब्याट्सम्यान तथा कप्तान बाबर आजमले ४७ बलमा ४ चौका सहित सर्वाधिक ५१ रन बनाए । त्यस्तै आसिफ अली ७ बलमा ४ छक्का सहित २५ रनमा अविजित रहे ।अलिले अन्तिम १२ बलमा पाकिस्तानलाई जितको लागि २४ रन आवश्यक हुँदा १९ औं ओभरको खेलमा तीव्र गतिका बलर करिम जन्नतलाई चार छक्का प्रहार गर्दै पाकिस्तानलाई जित दिलाएका थिए ।

पाकिस्तानको लागि शोएब मलिकले १९ रन बनाएर आउट भए । अर्का खेलाडी जमानले ३० रन बनाए । त्यस्तै पाकिस्तानका अर्का ब्याट्सम्यान मोहम्मद हफिज राशिद खानको बलमा १० रन जोडेर क्याच आउट भए । 

अफगानिस्तानको लागि राशिद खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए भने मुजिब उर रहमान, मोहम्मद नाबी र नविन उल हकले १–१ विकेट लिए ।

खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो । उक्त स्कोर खडा गर्ने क्रममा अफगानिस्तानका कप्तान मोहम्मद नाबीले ३५ रन जोडेर अविजित रहे । त्यस्तै गुलबदीन नईब ३५ रनमा अविजित रहे । अफगानिस्तानको कमजोर पारीलाई सातौं विकेटका लागि गुलबदीन नईब र कप्तान मोहम्मद नाबीले सम्हालेर ४५ बलमा ७१ रनको अविजित साझेदारी गरेका थिए । जुन साझेदारीको कारण अफगानिस्तानले सम्मानजनक लक्ष्य प्रस्तुत दिएको थियो ।

खेलमा पाकिस्तानका स्पिनर ईमाद वासिमले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । शाहिन शाह अफ्रिदी, हसन अली, शादब खान, हरिस रौफले १/१ विकेट लिए । 

पाकिस्तानले जारी विश्वकपको पहिलो खेलमा भारतलाई १० विकेटले पराजित गरेको थियो । दोश्रो खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले पराजित गरेको थियो । अब पाकिस्तानले आगामी मंगलबार नामिबियासँग खेल्दैछ । एता पाकिस्तानले आइतबार नामिबियासँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग