2026-09-22 11:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पीएसजीको पुनरागमन जित

कात्तिक १३, काठमाडौं | पेरिस सेन्ट जर्मेन (पीएसजी) ले  फ्रेन्च लिग वानमा पुनरागमन जित निकालेको छ  ।

शुक्रबारको खेलमा पीएजजीले साविकको विजेता लिलमाथि १-० ले पछि परेको स्थिति उल्टाउदै २-१ को पूनरागमन जित निकालेको हो ।

पीएसजीको जितमा अर्जेन्टिनी मिडफिल्डर एन्जल डि मारियाले एक गोलसँगै एक असिस्ट उपलब्ध गराए  । मार्किन्हसले एक गोल गरे ।

पहिलो हाफमा पछि परेको पीएसजीले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्न सफल भएको हो ।

खेलको ३१ मिनेटमा लिलका जोनाथन डेभिडले गोल गर्दै भ्रमणमा रहेकाे लिललाई अग्रता दिलाए । दोस्रो हाफमा डि मारियाको पासमा ७४ मिनेटमा मार्किन्हसले बराबरी गोल गरे ।

खेल सकिन २ मिनेट अघि नेयमारको पासमा डि मारियाले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाए ।

खेलमा स्टार खेलाडी लिओनल मेस्सी, नेयमार  गोल बिहिन रहे ।

जितपछि शीर्ष स्थानमा रहेको पीएसजीको १२ खेलबाट ३१ अंक पुगेको छ । पराजित लिल १५ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने