2026-09-22 11:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एएफसी यू–२३: अन्तिम खेलमा नेपाल लेबनानसँग ४–० ले पराजित

कात्तिक १४, काठमाडौँ | एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आज आइतवार भएको खेलमा नेपाल लेबनानसँग चार–शून्य गोल अन्तरले पराजित भएको हो । लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे भने मोहमद नासिर र मोहमद हेइदरले एक/एक गोल गरे ।

प्रतियोगितामा नेपाल जितविहीन रह्यो । समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग चार–शून्य गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो । नेपाल समूहको पुछारमा रह्यो । लेबनान तीन अङ्क जोडेर तेस्रो स्थानमा रह्यो ।

यस समूहमा ६ अङ्क जोडेको ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ भने समान ६ अङ्क नै रहेको इरान दोस्रो स्थानमा रहेको छ । ताजिकिस्तान र इरानबीचको खेल आजै हुनेछ । यस समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता आउँदो सन् २०२२ को जुन १ देखि १९ तारिखसम्म हुने तालिका रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने