2026-09-22 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप क्रिकेट: भारतको लगातार हार, न्युजिल्यान्डको सानदार जित

कात्तिक १४, काठमाडौँ | एजेन्सी – न्युजिल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा भारतमाथि सानदार जित हाँशिल गरेको छ । न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बनाएको छ । यो खेल हारेसंगै उपाधिको दाबेदार भारत भने समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

खेलमा जितको लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । खेलमा न्युजिल्यान्डका ओपनर डर्याल मिचेलले सर्वाधिक ४९ रनको योगदान दिए भने कप्तान केन विलियम्सनले ३३ रनमा अविजित रहे ।

न्याजिल्यांडका अर्का ओपनर मार्टिन गुप्टिलले २० रन जोडे । भारतका लागि जस्प्रित बुमराहले २ विकेट लिए । अरुले विकेट लिन सकेनन् ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १० रन मात्र बनाएको थियो । भारतको लागि अलराउन्डर रविन्द्र जडेजाले सर्वाधिक २६ रनको योगदान दिए । हार्दिक पान्ड्याले २३ रन बनाए । ओपनर ईशान किशनले ४ रन मात्र जोडेर क्याच आउट भए । तीव्र गतिका बलर टिम साउथीले लोकेश राहुललाई १८ रनमा क्याच गराए । 

यता रोहित शर्मा १४ रन मात्र बनाएर आउट हुन पुगे । अर्का ब्याट्सम्यान विराट कोहलीले ९ रन मात्र बनाउन सके । उनले १७ बल खर्च गरेका थिए ।

भारतलाई समेट्ने क्रममा मिल्नेले विकेटकिपर ऋषभ पन्तलाई १२ रनमा बोल्ड आउट गरेका थिए । न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । स्पिनर ईश सोधीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । एडम मिल्ने र टिम साउथीले १–१ विकेट लिए ।

यस अघि भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित हुनु परेको थियो । भारतले अव तेश्रो खेल अफगानिस्तानसँग, चौथो खेल नामिबियासँग र पाँचौं खेल स्कटल्यान्डसँग खेल्नेछ । अब भारतलाई सेमिफाइनल यात्रा तय गर्न न्युजिल्यान्डको नतिजा कुर्नु पर्ने भएको छ । न्युजिल्यान्ड पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । 

न्युजिल्यान्डले अव अफगानिस्तान, नामिबिया र स्कटल्यान्डसँग खेल्न बाँकी छ । तीन खेलमा विजयी हुन सके न्युजिल्यान्ड सेमिफाइनलमा पुग्छ । पाकिस्तानले लगातार तीन खेलमा जित हात पारेसंगै सेमिफाइनलको स्थान पक्का बनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने