भदौ ३, काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेदरल्यान्ड्स गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान स्वद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेदरल्यान्ड्स गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान स्वद"/>
२०८२, १५ चैत्र आईतवार
काठमाडौँ - KTM

नेपाली क्रिकेट टोली भन्छ-‘विश्वकप यात्रा सकिएको छैन’

२०७३, ३ भाद्र शुक्रबार ०६:४४

भदौ ३, काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेदरल्यान्ड्स गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान स्वदेश फर्किएको छ ।

नेपालले नेदरल्यान्ड्मा घरेलु टोलीसँग जारी लिगको चौथो चरणअन्तर्गत दुई खेल खेलेको थियो जसमा एक जित र समान हारको नतिजा निस्कियो । गत साउन २९ गते भएको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई सात विकेटको नतिजा सुम्पियो भने दोस्रो खेलमा सानदार प्रदर्शन गर्दै १९ रनले पराजित ग¥यो । 

जारी लिग च्याम्पियनसिप प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्ससहित हङ्कङ, पपुवान्युगिनी, स्कटल्यान्ड्स, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स (युएई) गरी आठ राष्ट्र सहभागी छन् । 

आठ टोलीमध्ये शीर्ष चार टोलीले बङ्गलादेशमा सन् २०१८ मा हुने आइसिसी विश्वकप छनोट खेल्ने अवसर पाउने छन् । विश्वकप खेल्ने महत्वपूर्ण खुट्किलोका रुपमा रहेको प्रतियोगितामा नेपाल छ अङ्कका साथ छैटौँ स्थानमा छ । तर नेपालले अब हङ्कङ, केन्या र युएईसँग खेल्न बाँकी छ । 

स्वदेश फर्किएलगत्तै नेपाली टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेष्नवाकरले युरोपको फरक मौसमको चुनौतीको सामना गर्नका बाबजुद नेपालले बलियो नेदरल्यान्ड्सलाई हराएको स्मरण गर्दै भन्नुभयो – “अबका खेलमा झन राम्रो प्रदर्शन गर्नेछौँ र नेपाललाई छनोट गराउनेछौँ ।” भेषावकरले अर्को खेल आउन अझै छ महिना बाँकी रहेकाले सोबीचमा राम्रोस्तरका टोलीसँग नेपालले पर्याप्त खेल खेल्न जरुरी रहेको धारणा राख्नुभयो । 

नेपाल यसअघि स्कटल्यान्ड्स र पपुवान्युगिनीसँग भएका खेलमा पराजित भएको थियो । तर घरमै भएका नामिबियासँगका दुई खेलमा भने नेपाल विजयी भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ