2026-09-22 11:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टी-२० विश्वकपमा आज: अष्ट्रेलियाविरुद्ध इतिहास रच्ने दाउमा पाकिस्तान

कात्तिक २५, काठमाडौं | टी-२० विश्वकपको दोस्रो सेमिफाइनल बिहीबार साँझ पाकिस्तान र अष्ट्रेलियाबीच हुँदै छ। बिहीबारको विजेता टोलीले फाइनलमा न्यूजिल्याण्डसँग खेल्नेछ। इंग्ल्यान्डलाई हराउँदै न्युजिल्याण्ड यसअघि नै फाइनल प्रवेश गरिसकेको छ। 

फाइनल खेल १४ नोभेम्बरमा हुनेछ। सन् २०१० मा वेस्टइण्डिजमा भएको टी-२० विश्वकपको सेमिफाइनलमा पनि यी दुई टोलीबीच खेल भएको थियो। सुरुवातमा पाकिस्तानले दबदबा कायम राखे पनि अन्तमा पराजित भएको थियो। 

माइक हसीले अष्ट्रेलियालाई जित दिलाउन अतुलनीय इनिङ्स खेलेर पाकिस्तानको लगातार दोस्रो टी-२० विश्वकप जित्ने सपना चक्नाचुर पारिदिएका थिए। अष्ट्रेलिया आईसीसी प्रतियोगिताको नकआउटमा पाकिस्तानसँग कहिल्यै हारेको छैन।

यो कीर्तिमानलाई आरोन फिन्चले नेतृत्व गरिरहेको अष्ट्रेलियाले निरन्तरता दिन चाहन्छ। हुन त यस विश्वकपमा पाकिस्तानले धेरै पुराना कीर्तिमानलाई भंग गरेको छ। पकिस्तानले टी–२० विश्वकपमा पहिलो पटक भारतलाई हराएर इतिहाससमेत रचेको थियो।

लयमा अष्ट्रेलिया

यस पटकको विश्वकपमा अष्ट्रेलिया लयमा छ। समूह चरणमा एक खेलमा पराजित भएको अष्ट्रेलियाले समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो। 

फिन्च र डेभिड वार्नर यो विश्वकपमा राम्रो प्रदर्शन गरिरहेका छन्। पाकिस्तानसँगको खेलमा पनि उनीहरू टीमको प्रमुख हिस्सा बन्ने छन्। मिचेल मार्सले पनि सुरुवाती खेलमा हार व्यहोरेपछि फर्ममा फर्किने संकेत देखाएका छन्।  

तीव्र गतिका बलर मिचेल स्टार्कले पनि अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने लेग स्पिनर एडम जाम्पाले पनि बलियो प्रदर्शन गरिरहेका छन्।

अपराजित पाकिस्तान

पाकिस्तान विगत डेढ दशकदेखि युएईमा लगभग अपराजित छ। प्रतियोगितामा अहिलेसम्म कुनै खेल नहार्ने एकमात्र टोली हो, पाकिस्तान।

अष्ट्रेलियालाई हराएर पाकिस्तान अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ। तीव्र गतिका शाहिन शाह अफ्रिदीले बलर विपक्षी ब्याट्सम्यानको ब्याटिङलाई धरासायी बनाइरहेका छन्। इनिङ्सको सुरुवात गरे भने हरिस रउफले रन बनाउन दिइरहेका छैनन्। 

ब्याटिङमा मोहम्मद रिजवान र बाबर आजम उत्कृष्ट लयमा छन्। शोएब मलिक र आसिफ अलीले इनिङ्सको प्रभावकारी अन्त्य गरिरहेका छन्। तर, शोएब मलिक र मोहम्मद रिजवान बिरामी भएको खबर छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो