2026-09-22 11:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानलाई पराजित गर्दै अस्ट्रेलिया टी-२० विश्वकपको फाइनलमा

कात्तिक २६, काठमाडौँ | अस्ट्रेलिया आइसीसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ । विहीबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको १७७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

अस्ट्रेलियाका लागिडेभिड वार्नरले ४९ रन बनाए भने कप्तान एरोन फिन्च शुन्य, मिचेल मार्श २८, स्टेभन स्मिथ ५, ग्लेन म्याक्वेलले ७ रन बनाएका थिए । त्यसैगरी मार्कस स्टोनिसले अविजित ४० र म्याथ्यु वाडेले १७ बलमा अविजित ४१ रन बनाएपछि जीत सम्भव भएको हो । त्यसैगरी पाकिस्तानका बलर शडाब खानले ४ विकेट लिएका थिए भने शाहीन शाह अफ्रिदीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले अस्ट्रेलियालाई १७७ रनको लक्ष्य दिएको थियो । पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाउदै १७७ रन बनाएको हो । पाकिस्तानका लागि मोहमद रिजवानले सर्बाधिक ६७ रन बनाएका थिए । त्यस्तै कप्तान बाबर आजमले ३९ रन बनाए भने फखर जमानले अविजित ५५ रन जोडे । त्यस्तै आसिफ अली शुन्यमा आउट भए भने शोएब मल्लिक र मोहमद हाफिजले एक एक रन बनाएका थिए ।

त्यस्तै अष्ट्रेलियाका बलर मिचेल स्टार्कले २ विकेट लिए भने पाट कमिन्स र एडम जाम्पाले एक एक विकेट लिएका थिए । अब फाइनलमा अस्ट्रेलिया र न्यूजील्याण्ड खेल्ने छन् । फाइनल खेल आगामी आइतबार दुबइमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने