2026-09-22 11:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फुटबलर पेमा र बिनासहित आठजना राखेप बोर्ड सदस्यमा नियुक्त

मंसिर १०, काठमाडौं | फुटबलर पेमा लामा डोल्मा र बिना श्रेष्ठसहित आठजनालाई  युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बार्ड सदस्यमा नियुक्त गरेको छ । 

बिहीबार बिहान खेलकुदमन्त्री  महेश्वर गहतराजले पेमा र बिनासहित आठ  बोर्ड सदस्यलाई नियुक्त गरेका हुन् । मन्त्रालयमा भएको एक कार्यक्रममा उनीहरूले पद तथा गोपनीयताको सपथ खाएका हुन् । बोर्ड सदस्यमा नियुक्त हुनेमा पेमा डोल्मा लामा, बिना श्रेष्ठ, मोहमद फाजिल, जनकप्रसाद बर्तौला, दिपेन्द्र विष्ट, प्रकाशकुमार कुसारी, अन्जन धमला र श्रीमान थापा मगर छन् ।

पेमा पूर्वफुटबलर हुन् । हाल उनी अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्य र महिला समितिको संयोजक हुन् । यस्तै बिना भने फिफा रेफ्री हुन् । यसअघि खेलकुद मन्त्रालय मन्त्रालयले राखेपमा नाै जना बोर्ड सदस्यलाई पदमुक्त गरेको थियो । रिक्त पदमा मन्त्रालयले नयाँ सदस्य नियुक्त गरेको हो । 

यसअघि सरकारले राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको थियो । एन्फाले नयाँ सदस्य सचिवका लागि खेलकुद ऐनअनुसार दस्ताखर आह्वान गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो