2026-09-22 11:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुमेशको गोलमा च्यासलको पहिलो जित

मंसिर ११, काठमाडौं | रुमेश बर्तौलाको निर्णायक गोलमा च्यासल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा च्यासलले विभागीय टोली एपिएफलाई १-० ले पराजित गरेको हो । ४९औं मिनेटमा राइट कर्नर साइटबाट कमल श्रेष्ठले मिलाएको पासमा १८ यार्ड बक्स लाइनबाट रुपेश बर्तौलाले गरेको प्रहारले सेकेन्ड बारमा जाली चुमेको थियो । 

जितसँगै च्यासलले पहिलो तीन अंक जोड्यो । यता, एपीएफको भने लगातार दोस्रो हार हो । दुबै टोलीले खेलमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । १५औँ मिनेटमा च्यासलका कमल श्रेष्ठलाई मनबहादुर रानामगरले फाउल गरेपछि प्राप्त फ्रि किकमा कमलको प्रहार एपीएफका गोलकिपर राजु योगीले पन्च गरि फ्याँकिदिए । 

१७औँ मिनेटमा १८ यार्ड भित्रबाट च्यासलका अजित गुरुङले गरेको प्रहारलाई गोलरक्षक योगीले फेरी विफल पारिदिए । ४०औँ मिनेटमा च्यासलका विकास मेराग्लियानको हेड एपीएफका राजन गुरुङले रोकेपछि रिबाउन्डमा सुशन लामाको प्रहार एपीएफका सनिश श्रेष्ठले गोल लाइन नजिकबाट क्लियर गरिदिए ।

दोस्रो हाफको चौथो मिनेटमा नै च्यासलले अग्रता लिएको थियो । ५७औँ मिनेटमा च्यासलका मउसाले गरेको प्रहार एपीएफका कप्तान टोपबहादुर विष्टबाट डिफ्लेक्ट हुँदै बल पोस्टको माथिल्लो जालीमा अट्किएको थियो । 

६५औँ मिनेटमा च्यासलका केचाको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । लिगको पहिलो खेलमा दुबै टोली पहिलो खेलमा पराजित भएका थिए । पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइजसँग ३-२ ले तथा च्यासल थ्री स्टारसँग ३-० ले पराजित भएको थियो । 

आजको दोस्रो खेलमा हिमालयन शेर्पाविरुद्ध मनाङ मर्स्याङ्दी मैदान उत्रदैछ । खेल दशरथ रंगशालामा अपरान्ह ४ः४५ बजेबाट सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो