५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ए’ डिभिजन लिग : पहिलो जितको खोजीमा पुलिस र जावलाखेल

१२ मंसिर २०७८, आईतवार ०४:४९

मंसिर १२, काठमाडौं, न्युज कारखाना | सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणको तेस्रो दिन आइतबार एक मात्रै खेल हुँदैछ । दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुने लिगमा ललितपुरको जावलाखेल युथ क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबको सामना गर्दैछ । 

जारी लिगमा दोस्रो खेल खेल्दै गर्दा दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् । पहिलो खेलमा जावलाखेल ‘लिग लिडर’ मनाङ मर्स्याङ्दी क्लबसँग १-० अन्तरले पराजित भएको थियो । 

कुलदीप कार्कीको कप्तानीमा रहेको जावलाखेललाई तीन विदेशी खेलाडीको साथ रहनेछ । जावलाखेलका प्रशिक्षक विभागीय पुलिसविरुद्ध खेल्दा टोली गर या मरकोअवस्थामा रहेको र खेलमा जसरी पनि तीन अंक चाहिएको बताउँदै जित्न खेल्ने बताउँछन् । 

‘पुलिससँग ‘गर या मर’ को अवस्थामा छौं । मलाई जसरी पनि तीन अंक चाहिएको छ । त्यसका लागि म जुनसुकै औजार पनि प्रयोग गर्न सक्छु’, केसीले भने । 

यता, पहिलो खेलमा साविक उपविजेता विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबसँग १-१ बराबरीमा रोकिएको पुलिस पहिलो जितको खोजीमा छ । राष्ट्रिय टोलीका नियमित दुई तथा चार सदस्यको साथ रहेको पुलिस जावलाखेललाई हराउँदै तीन अंकको दाउमा छ । 

‘हाम्रो लक्ष्य जावलाखेलविरुद्ध तीन अंक हो । जित्नका लागि मैदान उत्रन्छौं’, नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले न्युज कारखानासँग भने । 

पलिस युवा खेलाडी राज बाजीको कप्तानीमा मैदान उत्रनेछ । पुलिसलाई राष्ट्रिय टोलीका सुमन लामा, तेज तामाङसहित अजित भण्डारी र रवि पासवानको साथ छ । अजित भने पहिलो खेलमा चोटका कारण बेच्नमै रहेका थिए । 

यस्तै पुलिसलाई अनुभवी खेलाडी भोला सिलवाल, रविन श्रेष्ठ, जुमानु राई, सुमन सुवेदीलगायत खेलाडीको साथ छ । जारी लिगमा मनाङ मर्स्याङ्दी क्लब लगातार दुई खेल जित्दै शीर्षस्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता