2026-09-22 11:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ए’ डिभिजन लिग : पहिलो जितको खोजीमा पुलिस र जावलाखेल

मंसिर १२, काठमाडौं, न्युज कारखाना | सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणको तेस्रो दिन आइतबार एक मात्रै खेल हुँदैछ । दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुने लिगमा ललितपुरको जावलाखेल युथ क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबको सामना गर्दैछ । 

जारी लिगमा दोस्रो खेल खेल्दै गर्दा दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् । पहिलो खेलमा जावलाखेल ‘लिग लिडर’ मनाङ मर्स्याङ्दी क्लबसँग १-० अन्तरले पराजित भएको थियो । 

कुलदीप कार्कीको कप्तानीमा रहेको जावलाखेललाई तीन विदेशी खेलाडीको साथ रहनेछ । जावलाखेलका प्रशिक्षक विभागीय पुलिसविरुद्ध खेल्दा टोली गर या मरकोअवस्थामा रहेको र खेलमा जसरी पनि तीन अंक चाहिएको बताउँदै जित्न खेल्ने बताउँछन् । 

‘पुलिससँग ‘गर या मर’ को अवस्थामा छौं । मलाई जसरी पनि तीन अंक चाहिएको छ । त्यसका लागि म जुनसुकै औजार पनि प्रयोग गर्न सक्छु’, केसीले भने । 

यता, पहिलो खेलमा साविक उपविजेता विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबसँग १-१ बराबरीमा रोकिएको पुलिस पहिलो जितको खोजीमा छ । राष्ट्रिय टोलीका नियमित दुई तथा चार सदस्यको साथ रहेको पुलिस जावलाखेललाई हराउँदै तीन अंकको दाउमा छ । 

‘हाम्रो लक्ष्य जावलाखेलविरुद्ध तीन अंक हो । जित्नका लागि मैदान उत्रन्छौं’, नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले न्युज कारखानासँग भने । 

पलिस युवा खेलाडी राज बाजीको कप्तानीमा मैदान उत्रनेछ । पुलिसलाई राष्ट्रिय टोलीका सुमन लामा, तेज तामाङसहित अजित भण्डारी र रवि पासवानको साथ छ । अजित भने पहिलो खेलमा चोटका कारण बेच्नमै रहेका थिए । 

यस्तै पुलिसलाई अनुभवी खेलाडी भोला सिलवाल, रविन श्रेष्ठ, जुमानु राई, सुमन सुवेदीलगायत खेलाडीको साथ छ । जारी लिगमा मनाङ मर्स्याङ्दी क्लब लगातार दुई खेल जित्दै शीर्षस्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो