2026-09-22 11:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै

मंसिर १६, काठमाडौं |  इंग्लिस प्रिमियर लिगमा आज (शुक्रबार बिहान) दुई खेल हुँदै छन् । १४औँ चरणअन्तर्गत आजकाे खेलमा म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दैछन् । युनाइटेडकाे घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति २ बजे हुँदैछ । । 

भ्रमणकारी टोली आर्सनल खराब लयमा रहेको युनाइटेडलाई हराउँदै तालिकामा सुधार गर्ने दाउमा छ । १३ खेलमा २३ अंक बटुलेको आर्सनल चौथो स्थानमा उक्लने योजनामा छ । 

यता,  स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको साथ पाएको युनाईटेड खराब लयलाई बिर्सदै छैठौं जित निकाल्ने प्रयासमा हुनेछ । १३ खेल खेलको युनाईटेड पाँच खेलमा हार ब्यहोर्दै १८ अंक बनाएर दशौँ स्थानमा छ । 

आज नै हुने अर्काे खेलमा टोटनह्यामले ब्रेन्टफोर्डको सामना गर्नेछ । १२ खेलमा १९ अंक जोडेको टोटनह्यम सातौँ जित निकाल्न संघर्ष गर्नेछ । यता, ११औँ स्थानमा रहेको ब्रेन्टफोर्ड पाँचौ जितसहित तालिका सुधारको योजनामा छ । चार खेलमा जित निकालेको ब्रेन्टफोर्डसँग १६ अंक छ । 

प्रिमियर लिगमा १४औँ चरणका खेल जारी रहँदा चेल्सी ३३ अंकसहित शीर्षस्थानमा रहँदा म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ भने लिभरपुल तेस्रो स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो