२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले थ्री स्टारसँग अंक बाँड्याे

२०७८, १७ मंसिर शुक्रबार ०९:३५

मंसिर १७, काठमाडौं | सुरुआती अग्रता जोगाउन नसक्दा फ्रेन्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा छिमेकी थ्री स्टारसँग अंक बाँड्न बाध्य भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरे प्रतिद्वन्द्वीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । 

पहिलो हाफमा कुनै गोल नहुँदा दोस्रो हाफमा दुवै गोल भएका थिए । खेलमा अग्रता भने फ्रेन्ड्सले बनायो । ५१औं मिनेटमा फ्रेन्ड्सका नथानीयल जुड गार्सियाले अग्रता लिए । कप्तान प्रकाश बुढाथोकीले लेफ्ट विंगबाट गरेको क्रस बललाई बक्सभित्र रहेका ट्रिनिडाड एन्ड ट्रिबागोका खेलाडी गार्सियाले हेड मार्फत उत्कृष्ट गोल गरेका थिए । 

मिक्छेन तामाङले थ्री स्टारका लागि बराबरी गोल फर्काए । खेलको ८२ मिनेटमा रितिककुमार खड्काले गरेको क्रसलाई पेनाल्टी क्षेत्रबाट अनमार्क रहेका मिक्छेनले सहज गोल गरे । 

यसअघि ५० मिनेटमा थ्री स्टारले अग्रता लिने सुनौलो अवसर गुमायो । संजोक राईको पासलाई बक्सभित्र रहेका रितिककुमार खड्काले फ्रेन्ड्सका गोलरक्षक राहुल रामचन्द्र यादवसँगको वान भर्सेष वानको स्थितिमा गोल गर्न सकेनन् । सोही रिबाउन्ड बललाई अगाडि बढाउँदै फ्रेन्ड्सले गोल गरेको थियो । 

७५औं मिनेटमा थ्री स्टारका संजोक राईले बराबरी गर्ने अवसर गुमाए । संजोगले बक्सको बाहिरबाट गरेको लामो प्रहार गोलकिपर बिट भएको अवस्थामा दोस्रो बारमा लागेर फर्कियो । ८५ मिनेटमा समेत संजोक गोलबाट टाढा रहे । संजोकको प्रहार डिफेन्डर रोनिल एन्थोनी पौलले गोल लाइनबाट हेड गर्दै बचाएका थिए । 

प्रतियोगितामा फ्रेन्ड्सको यो दोस्रो बराबरी हो । यसअघि फ्रेन्ड्स सातदोबाटोसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा संकटासँग २–१ अन्तरले पराजित भएको थियो । फ्रेन्ड्सको तीन खेलबाट २ अंक भएको छ । 

थ्री स्टारको यो पहिलो बराबरी हो । पहिलो खेलमा च्यासल युथलाई ३-० ले पराजित गरेको थ्री स्टार दोस्रो खेलमा सातदोबाटोसँग १-० ले स्तब्ध भएको थियो । थ्री स्टारको तीन खेलबाट ४ अंक भएको छ । खेलको म्यान अफ दि म्याच फ्रेन्ड्सका गोलकर्ता गार्सिया भए । आजै पाैने ५ बजे सुरु हुने दोस्रो खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र विभागीय एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह