2026-08-25 05:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साफ उपबिजेता खेलाडीहरु पुरस्कृत

पुस ६, काठमाडौँ | नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षक पुरस्कृत भएका छन्। १३ औं संस्करणको साफ च्याम्पीयनसिप प्रतियोगितामा उपविजेता हुन सफल नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षक पुरस्कृत भएका हुन्।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले साफ उपबिजेता खेलाडीहरुलाई जनही ५ लाख नगद सहित सम्मान गरेका हुन्।

सरकारले साफमा ऐतिहासिक नतिजा निकाल्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख रुपौयाँ पुरस्कार दिने घोषणा गरेको थियो। सोही घोषणा कार्यान्वयनकालागि युवा तथा खेलकुद मन्त्रालयले मंगलबार सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको थियो।

सम्मानित हुने खेलाडीहरुमा राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुरज ठकुरी, नितिन थापा, बिशाल राई, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी र कमल थापा रहेका छन्। उनीहरुले जनहि ५ लाख नगद तथा सम्मानपत्र प्राप्त गरेका छन्।

त्यसैगरी राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र प्रशिक्षकद्धवय किरण श्रेष्ठ र बिकाश मल्ललाई समेत जनहि ३ लाख नगद सहित सम्मानपत्र उपलब्ध गराईएको छ।प्रतियोगितामा सहभागी अफिसियललाई समेत प्रमाणपत्रले सम्मान गरीएको छ।

खेलाडीहरुलाई पुरस्कृत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए। खेलाडीहरुले खेलको माध्यमबाट नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले खुसी समेत व्यक्त गरे।

कार्यक्रमका अध्यक्ष तथा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडीहरुको हौसला बढाउन सरकार तत्पर रहेको बताए। राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा राम्रो नतिजा ल्याउने खेलाडी तथा प्रशिक्षकहरु स्वतः पुरस्कृत हुने गरी सरकारले सम्मान तथा पुरस्कार कार्यविधि ल्याउन लागेको उल्लेख गर्दै मन्त्री अथकले सम्मानले खेल क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

“सम्मानसँगै तपाईहरुको काँधमा थप जिम्मेवारी आएको छ”, पुरस्कार तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै मन्त्री अथकले भने, “खेल क्षेत्रको विकासमा दत्तचित्त भएर लाग्नुहोस्।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग