पुस २९, काठमाडौँ लुम्बिनी प्रदेशले प्रदेश नं २ लाई पराजित गर्दै प्रधानमन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, काठमाडौँ लुम्बिनी प्रदेशले प्रदेश नं २ लाई पराजित गर्दै प्रधानमन्"/>
2026-08-25 04:31 PM
काठमाडौँ - KTM

प्रधानमन्त्री कप क्रिकेट: लुम्बिनी प्रदेश विजयी

पुस २९, काठमाडौँ लुम्बिनी प्रदेशले प्रदेश नं २ लाई पराजित गर्दै प्रधानमन्त्री कप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले प्रदेश नं २ लाई ४२ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि लुम्बिनी आफ्नो पहिलो खेलमा बागमती प्रदेशसँग ४९ रनले पराजित भएको थियो । 

प्रदेश नं २ को भने तीन खेलमा दोस्रो पराजय हो । यसअघि प्रदेश नं २ ले पहिलो खेल सशस्त्र प्रहरी बल (एपीएफ) क्लबसँग २४ रनले हारेको थियो । तर दोस्रो खेलमा गण्डकी प्रदेशलाई २ विकेटले पराजित गरेको थियो । खेलमा लुम्बिनीले प्रदेश नं २ लाई १६२ रनको बलियो लक्ष्य दिएको थियो । जवाफमा प्रदेश २ को २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रनमा समेटियो । प्रदेश २ का लागि विवेक यादवले सर्वाधिक ३६ रन जोडे । हरिकृष्ण झा र सन्तोष कार्कीले समान १४–१४ रन बनाए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । लुम्बिनीका ओपनर देव खनालले ३८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५४ रनको योगदान दिए । त्यसैगरी सन्दीप रजाली र बशिर अहमदले समान ३०÷३० रनको योगदान दिए भने सुशान्त थापाले  १४ रन बनाए । सौरभ खनालले १०, कृष्ण कार्की १, विक्रम भुसाल ५ रन जोड्दा दुर्गेश गुप्ता, मोहन क्षेत्री र सिद्धान्त शाहीले खाता खोल्न सकेनन् ।

प्रदेश २ का विवेक यादव र रुपेश सिंहले २÷२ विकेट लिए भने हरिशंकर शाह, महबुब आलम र विशाल शुस्लिङले एक विकेट झारे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ