2026-09-22 10:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री कप टी-२० क्रिकेटमा आज चार खेल हुने

पुस ३०, काठमाडौँ | प्रधानमन्त्री कप टी(२० क्रिकेट प्रतियोगितामा (शुक्रबार) चार खेल हुनेभएका छन्। कीर्तिपुरस्थित टियु मैदान र मुलपानीस्थित माथिल्लो मैदानमा २/२ खेल हुनेछन्। टियुमा बिहान सवा ९ बजे हुने खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्नेछन् भने सोही समय मुलपानीमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश भिड्नेछन्।

दिउँसो १ बजे टियुमा हुने दोस्रो खेलमा प्रदेश २ र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। सोही समयमा मुलपानीमा एपीएफ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ।

समूह ‘ए’ मा लगातार दोस्रो जितसँगै पुलिस ४ अंकसहित शीर्ष स्थानमा छ। ३ खेलबाट ३ अंक बनाएको आर्मी दोस्रो स्थानमा छ। २ अंकको सुदूरश्चिम प्रदेश र कर्णाली प्रदेश क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने १ अंकको प्रदेश नम्बर एक पुछारमा छ।

समूह ‘बी’ मा ३ खेलमा सतप्रतिशत जित निकालेको एपीएफ ६ अंक सहित शीर्ष स्थानमा छ। २ अंक भएका बागमती, लुम्बिनी र प्रदेश नम्बर २ क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन्। गण्डकी प्रदेश भने बिना अंक पुछारमा छ। दुबै समूहका शीर्ष दुई क्लब सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो