2026-08-25 04:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपश्चिमले जित्दा आर्मी सेमिफाइनलमा

माघ २, काठमाडौँ | सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी– २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार प्रदेश १ लाई सात विकेटले पराजित गरेको छ । हारसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । प्रदेश १ को हारसँगै समूह ‘ए’ बाट आर्मीले उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको छ ।

सेमिफाइनल सम्भावना कायम राख्न प्रदेश १ लाई आज जित्नैपर्ने दबाब थियो । समूहबाट नेपाल पुलिस क्लबले विजेताको रूपमा सेमिफाइनल यात्रा तय गरिसकेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट प्रदेश १ ले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले १९.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितमा राजु रिजालले सर्वाधिक ६८ रन बनाए । उनले ५२ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै कप्तान सन्तोष भट्टले ४८ रन जोडे । अर्जुन साउदले अविजित २६ रन जोडे । प्रदेश १ का कमल खत्री, मुकुन्द यादव र फिर्दोस अन्सारीले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको प्रदेश १ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५८ रनको योगफल तयार गरेको थियो । प्रदेश १ का मुकुन्द यादवले सर्वाधिक ३४ रन बनाए । त्यस्तै सोनु अन्सारीले ३१ रन जोड्दा मनिष थापा र कप्तान अंकित थापाले समान २३ रन थपे ।

सुदूरपश्चिमका हेमन्त धामी र नारायण जोशीले समान दुई विकेट दिए । यस्तै कैलाश ऐर, शेर मल्ल, सन्तोष भट्ट र आदित्य मेहताले एक एक विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ