माघ ४, काठमाडौँ | सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा एपीए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, काठमाडौँ | सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा एपीए"/>

2026-09-22 10:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ क्लब फाइनलमा

माघ ४, काठमाडौँ | सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो ।  जितका लागि २३१ रनको लक्ष्य पाएको आर्मीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउदै १८३ रन मात्र बनाउन सक्यो ।  

आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ३८ रनको योगदान गरे । उनले २१ बल खेल्दै एक छक्का र चार चौका प्रहार गरे । भीम सार्कीले ३५, सुमित श्रेष्ठले २४, हरि चौहानले २२, शाहव आलमले अविजित २१ तथा विक्रम शोबले १४ रन बनाए । बलिङतर्फ एपीएफका शरद् भेष्वाकरले तीन, अभिनाश बोहरा र भुवन कार्कीले दुई तथा दिपक बोहरार र किशोर महतोले एक एक विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफले दुई विकेट गुमाएर २३० रन जोड्यो । एपीएफका लागि ओपनर आशिफ शेखले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा पाँच छक्का र १० चौकाको मद्दतमा ८४ रनको योगदान दिए । यस्तै लोकेश बमले अविजित ६६ तथा ओपनर प्रदीप ऐरीले अविजित ५७ रन बनाए । 

बलिङतर्फ आर्मीका जितेन्द्र मुखिया र सुमित श्रेष्ठले एक–एक विकेट लिए । फाइनल खेल एपीएफले नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिसले आजै सम्पन्न पहिलो सेमिफाइनल खेलमा बागमतीलाई हराउँदै फाइनलमा स्थान बनाएको हो  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो