भदौ १० (एजेन्सी) | रियल मड्रिडलाई च्याम्पियन्स लिग र पोर्चुगललाई युरोकपको उपाधि दिलाउन सफल क्रिस्टियानो रोनाल्डो युरोपियन वर्ष खेलाड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १० (एजेन्सी) | रियल मड्रिडलाई च्याम्पियन्स लिग र पोर्चुगललाई युरोकपको उपाधि दिलाउन सफल क्रिस्टियानो रोनाल्डो युरोपियन वर्ष खेलाड"/>
२० चैत्र २०८१, बुधबार
काठमाडौँ - KTM

युरोपियन वर्ष खेलाडी बने रोनाल्डो

१० भाद्र २०७३, शुक्रबार ०२:११

भदौ १० (एजेन्सी) | रियल मड्रिडलाई च्याम्पियन्स लिग र पोर्चुगललाई युरोकपको उपाधि दिलाउन सफल क्रिस्टियानो रोनाल्डो युरोपियन वर्ष खेलाडी बनेका छन्।

फ्रान्सको मोनाकोमा भएको एक विशेष कार्यक्रममा रियल मड्रिडकै ग्यारेथ बेल र एट्लेटिको मड्रिडका एन्टेनियो ग्रिजमनलाई पछि पार्दै रोनाल्डोले युरोपियन वर्ष खेलाडी सिजन २०१५-१६ का लागि उपाधि जितेका हुन्। 

यसअघि दुई पटक उनले यो उपाधि जितिसकेका थिए। सन् २००८ मा म्यानचेस्टर युनाइटेडमा रहँदा र सन् २०१४ मा रियल मड्रिडबाटै उनले यो उपाधि जितिसकेका छन्।

रोनाल्डोले गत सिजन रियल मड्रिडका लागि ४८ वटा खेलमा ५१ गोल गरेका थिए भने १५ गोलका लागि सहयोग गरेका थिए । त्यसैगरी च्याम्पियन्स लिगमा उनले १२ खेलबाट १६ गोल गर्दै रियल मड्रिडलाई उपाधि दिलाएका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ दिने सरकारको निर्णय प्रहरीको स्पष्टीकरण– उत्तेजित भिडलाई नियन्त्रणमा लिन तीनकुनेमा गोली चलायौँ भारत गुजरातको पटाका गोदाममा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो पत्रकार सुरेशकाे पोस्टमार्टम रिपोर्ट- ‘शरीर जलेर, फोक्सोमा धुवाँको मुस्लो छिरेको पाइयो, गोली लागेको छैन’ मञ्चमा ज्ञानेन्द्रको जत्रै दुर्गा प्रसाईंको फोटो देखेपछि टाप कसिहालेँ- राप्रपा उपाध्यक्ष तामाङ म्यानमारमा भूकम्पबाट अहिलेसम्म २८८६ जनाको मृत्यु  रवीन्द्र र धवलसहित ४१ जनालाई म्याद थपका लागि लगिँदै तीनकुने प्रदर्शनमा ज्यान गुमाएका रजकको पोस्टमार्टम जारी पानीको बोतल छोएको भन्दै शिक्षकद्वारा दलित विद्यार्थीको औंला भाँचियो नेपाल र थाइल्याण्डबीच यी ८ समझदारीपत्रमा हस्ताक्षर तीनकुने क्षेत्रमा आगजनी र तोडफोडमा संलग्न थप १८ जना पक्राउ राजावादी समर्थकको आगजनीबाट जडीबुटी कम्पनीमा २८ करोड बराबरको क्षति प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच थाइल्यान्डमा भेट पक्का तीनकुने घटना : ५४ प्रहरी डिस्चार्ज, १३ घाइते उपचाररत सगरमाथा आधार शिविरमा एक श्रमिकको मृत्यु   दुर्गा प्रसाईंको खोजीका लागि विशेष ब्यूरोले लियो कमाण्ड, नेपालभित्रै रहेको अनुमान भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार तीनकुने घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने सांसदहरूको माग नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर हेटौंडामा युवकको हत्या आरोपमा ७ जना पक्राउ