2026-09-22 10:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मच्छिन्द्र र ब्लुस्टार बीचको खेल नेपालमा हुने

माघ २७, काठमाडौँ । एएफसी कप छनोटअन्तर्गत नेपालको मच्छिन्द्र फुटबल क्लब र ब्लुस्टारबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ । पहिलोपटक एएफसी कप खेल्ने अवसर पाएको मच्छिन्द्रले श्रीलङ्काको ब्लुस्टारसँग आगामी चैत २२ गते खेल्ने अखिल नेपाल फुटबल सङघ (एन्फा)ले जनाएको छ । एन्फाको अनुसार उक्त खेल साँझ ५ बजेदेखि सुरु हुनेछ ।

एन्फाको नियमानुसार सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरणसम्म अङ्कतालिकाको शीर्षस्थानमा रहने टोलीले एएफसी कप छनोटमा सहभागिता जनाउन पाउनेछ । यसअनुसार मच्छिन्द्र एएफसी कप छनोटमा छनोट भएको हो । मच्छिन्द्रले पहिलो खेलमा ब्लुस्टारलाई पराजित गरेमा दोस्रो चरणमा भारतको एटीके मोहन बगानसँग खेल्नेछ । उक्त खेल चैत १२ गते हुनेछ ।

मच्छिन्द्रले एएफसी कपको समूह चरणमा स्थान बनाउन यी दुई चरणको खेलसहित प्लेअफको अन्तिम खेल पनि जित्नुपर्नेछ । प्लेअफमा जित हात पार्ने टोलीले एएफसी कपको समूह ‘डी’ मा स्थान पाउनेछ । समूह ‘डी’  भारतको गोकुलम केरला, बङ्गलादेशको बसुन्धरा किंग्स,  माल्दिभ्सको माजिया र प्लेअफ विजेताबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो