2026-09-22 10:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयरल्यान्डले नेपाललाई दियो एक सय २८ रनको लक्ष्य, दीपेन्द्रले लिए ४ विकेट

फागुन २, काठमाडौँ । चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत आयरल्यान्डले नेपाललाई एक सय २८ रनको लक्ष्य दिएको छ ।

अल अमिरातमा टस हारेर ब्याटिङगरेको आयरल्यान्डले निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनायो । आयरल्यान्डका लागि जर्ज दोकरेलले २८, कर्टिस च्याम्परले २० र कप्तान एन्डी बलविरनेईले १९ रन बनाए ।

बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंहले ऐरीले चार विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिए । यस्तै अभिनाश बोहराले दुई विकेट लिँदा कमल ऐरी, जितेन्द्र मुखिया र कप्तान सन्दीप लामिछानेले समान एक–एक विकेट लिए । 

नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट शृङ्खला हुन लागेको हो । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी-२० विश्व कप छनोटको पूर्ण तयारीका रूपमा लिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो