2026-09-22 09:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको खराब ब्याटिङ, १८ ओभरमा ७ विकेट गुमाएर ९१ रनमा खेल्दै

फागुन ६, काठमाडौँ । ओमानमा जारी टी २० विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपालले ओमानसँग खराब सुरूआत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले १८ ओभरमा ७ विकेट गुमाउँदै ९१ रन बनाएर खेलिरहेको छ।

नेपालका आशिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, लोकेश बम, विवेक यादव र कमल सिंह ऐरी आउट भए।

पहिलो ओभरमै ओपनर आशिफ शेखलाई ४ रनमा गुमाएको नेपालका अर्का ओपनर कुशल भुर्तेल ५ रनमा गुमायो। केही सम्हालिएर खेल्दै गरेका ज्ञानेन्द्र  मल्लले १५ रन बनाए भने ऐरीले ११ रन जोडे।

यसपछि नेपाली इनिङ्स उकास्दै गरेका लोकेश बम व्यक्तिगत १६ रन बनाएर आउट भए। १६ औं ओभरको अन्तिम बलमा विवेक यादव ७ रन बनाएर आउट भए। यस्तै कमल सिंह ऐरीले १ रन बनाएर आउट भए। 

अहिले क्रिजमा कप्तान सन्दिप लामिछाने र आरिफ शेख छन्।

यो प्रतियोगिता अघि ओमानसँग खेलिएको चार देशीय सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो।

सोही प्रदर्शन दोहोर्‍याउने रणनीतिमा हुने छ । आजको खेलमा शरद भेषावकर, गुल्सन झा र सागर ढकाललाई बाहिर राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो