2026-09-22 09:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोहित र आरिफको शतकीय साझेदारीसँगै सम्हालिँदै नेपाल

चैत २, काठमाडौँ । विश्वकप क्रिकेट लिग टू अन्तर्गतको एकदिवसीय अन्तराष्ट्रियमा पपुवा न्युगिनी (पीएनजी)ले दिएको २०५ रनको लक्ष्य पाएको नेपाल ब्याटिङमा केही सम्हालिएको छ । ४२ रन बनाउन ४ विकेट गुमाएको नेपाल ३१ ओभरमा थप विकेट नगुमाइ ११९ रन बनाएको अवस्थामा पुगेको छ ।नेपाल दबाबमा परेका बेला ब्याटिङको जिम्मेवारी पाएका रोहित र आरिफले सुझबुझपूर्ण ब्याटिङ गरिरहेका छन् ।

नेपालका रोहितकुमार पौडेलले ५० रन पूरा गरेका छन् । यो उनको एक दिवसीयमा चौथो अर्ध शतक हो । आरिफ शेख २९ रनमा नटआउट छन् । रोहितले ७१ बलमा ४ चौकासहित नटआउट ५० रन बनाएका हुन् ।

नेपाललाई अब जितका लागि १८ ओभरमा ८६ रन आवश्यक छ ।

नेपालले टिमको स्कोर १ रन हुँदा नै ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । टीमको स्कोर छ रन हुँदा ज्ञानेन्द्र मल्ल ब्यक्तिगत ४ रनमा आउट भए । तेस्रो विकेटका रुपमा दिपेन्द्रसिंह ऐरी ८ रनमा आउट हुँदा नेपालको स्कोर २४ रन थियो । नेपालको स्कोर ४२ रन हुँदा चौथो विकेटका रुपमा आशिफ शेख आउट भए । उनले ४० बलमा १६ रन बनाए ।

पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनाएको छ ।

नेपालका सोमपाल कामीले ३ तथा आरिफ शेख, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछानेले एक एक विकेट लिए । १० ओभर बलिङ गरेको दिपेन्द्र सिंह ऐरीले विकेट लिन सकेनन् । उनको बलिङ भने किफायती रह्यो उनले १० ओभरमा मात्र ३० रन दिए । १० ओभर नै बलिङ गरेको सन्दीपले पनि ३० रन खर्चिए ।

२ ओभर मात्र बलिङको मौका पाएका ज्ञानेन्द्रले ६ रन खर्चिएर १ विकेट लिए । यो उनको एकदिवसीय क्रिकेटमा पहिलो विकेट हो । पीएनजीका चार्ल्स अमिनीले ५९ रन बनाए ।

नेपालले प्रतियोगितामा यो तेस्रो शृंखला खेलिरहेको छ। श्रृंखलामा नेपाल, पपुवा न्युगिनी र यूएई छन् । सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छनोटसँग सम्बन्धित यो प्रतियोगिता अन्तर्गत नेपालले मार्च १८ र २१ मा यूएई तथा २२ मा पीएनजीसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो