2026-09-22 09:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि एकैदिन तीन कीर्तिमानी

चैत ११, काठमाडौं । मध्यक्रमका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एकैदिन तीन कीर्तिमान बनाएका छन् ।

त्रिवि मैदानमा पपुवा न्युगिनी (पीएनजी) दिएको २९३ रनको लक्ष्य पछ्याउने क्रममा पाँचौं नम्बरमा ब्याटिङमा आएका रोहितले एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक रनको साझेदारी, एकै इनिङमा सर्वाधिक रन र एकदिवसीय अन्तराष्ट्रियमा नेपालकै लागि सर्वाधिक रनको कीर्तिमान बनाएका हुन् ।

रोहित मैदान प्रवेश गर्दा नेपालको स्कोर ४३/३ मा थियो । नेपाली टोली दबावमा रहेको अवस्थामा पनि रोहितले क्रिजमा जमेर ब्याटिङ गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने नेपाली क्रिकेटर बने ।

उनले पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नाममा रहेको कीर्तिमानलाई आफ्नो नाममा सारेका हुन् । ज्ञानेन्द्रले १९ इनिङ्समा ४८० रन बनाएका थिए ।

रोहितले आरिफ शेखसँग मिलेर पाँचौं विकेटका लागि १०४ रनको शतकीय साझेदारी गर्दै रेकर्ड बनाए । ३५.१ ओभरमा आरिफ ३४ रनमा आउट हुनुअघि यी दुईले एकदिवशीय अन्तर्राष्ट्रियमा नेपालको सर्बाधिक रनको साझेदारी गरेका हुन् । यसअघि सन् २०२१ को सेप्टेम्बर १९ मा विश्वकप लिग टू अन्तर्गत ओमानविरुद्ध आसिफ शेख र ज्ञानेन्द्र मल्लले ९५ रनको साझेदारी गरेका थिए ।

रोहितले ३९.५ ओभरमा एकदिवसीय अन्तर्राष्ट्रियमा ९१ बलको सामना गर्दै पहिलो शतक प्रहार गरे । उनले ७ चौका र २ छक्का प्रहार गरेका थिए । यसअघि नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने पारस खड्का मात्र एक्ला क्रिकेटर थिए । उनले २८ जनवरी २०१९ मा युएईविरुद्ध ११५ रन बनाएका थिए ।

रोहितले शुक्रबार पारसको त्यही सर्वाधिक रनको कीर्तिमान आफ्नो नाममा सारेका हुन् । ४५.२ ओभरमा उत्कृष्ट क्याच आउट हुनुअघि रोहितले १०७ बलमा ७ चौका र ४ छक्कासहित १२६ रनको शानदार पारी खेले । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो