2026-09-22 08:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल टस जितेर ब्याटिङ गर्दै

चैत १२, काठमाडौं । पपुवा न्यु गिनी (पीएनजी)विरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस  जितेर पहिले ब्याटिङ रोजेको  छ । पीएनजीलाई सुरुआतमा बलिङ निम्तो दिएको छ ।

शुक्रबार सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपाल पीएनजीविरुद्ध ६ रनले पराजित भएको थियो । 

पीएनजीले प्रस्तुत गरेको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २८६ मात्र बनाउन सक्यो । 

मध्यक्रमका ब्याटर रोहित पौडेलले १२६ रन सहित टोलीलाई जितनजिक पर्याए पनि नेपालले सुखद नतिजा भने ल्याउन सकेन । 

हालै युएईमा सम्पन्न आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले युएईसँग दुवै खेल गुमाएको थियो भने पीएनजीलाई दुवै खेलमा हराएको थियो ।

सो भ्रमणमा देखिएको शीर्ष ब्याटर नटिक्ने समस्याले शुक्रबार पीएनजीविरुद्ध पनि निरन्तरता पाएको थियो । आज दोस्रो खेलमा पीएनजीको सामना गर्दा नेपाल शीर्ष क्रमका ब्याटर चलेको हेर्न चाहन्छ । 

यो शृंखलालगत्तै नेपालले पिएनजी र मलेसिया सम्मेलित त्रिकोणात्मक ट्वान्टी २० खेलको शृंखला आयोजना आयोजना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो