2026-09-21 07:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पिएनजीको लगातार दोस्रो हार

चैत १५, काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट श्रृंखलामा मलेसियाले पपुवा न्युगिनी (पिएनजी)लाई आठ रनले हराएको छ । कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा सम्पन्नश्रृंखलाको दोस्रो खेलमा मलेसियाले दिएको १८१ रनको लक्ष्य पछ्याएकाे पिएनजीले १९ ओभर ३ बलमा सबै विकेट गुमाउनुअघि १७२ रन मात्र बनाउन सक्यो ।

पिएनजीका लागि टोनी उराले सर्वाधिक ५६ रनको योगदान गरे । यस्तै, नोर्मान भनुवाले ४५ र कप्तान असद भालाले ११ रन बनाए ।

मलेसियाका सर्विन मुनिएन्डीले चार विकेट लिँदा मोहम्मद वाकिफ र पवनदी सिंहले तीन/तीन विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउनुअघि १८० रनको योगफल तयार गरेको थियो ।

मलेसियाका विरानदीप सिंहले सर्वाधिक ५९ रन बनाएका थिए ।  यस्तै, कप्तान ऐमद फैजले ५६ र सैयद अजिजले ४७ रन बनाए ।

पिएनजीका नोर्मानले दुई विकेट लिँदा नोसैना पोकनले एक विकेट लिएका थिए ।

सोमबारदेखि सुरु भएको श्रृंखलामा पिएनजी यसअघि नेपालसँग १५ रनले पराजित भएको थियो ।

त्रिदेशीय श्रृंखलाको तेस्रो खेलमा बुधबार दिउँसो १२ः३० मा नेपाल र मलेसिया खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो