पपुवा न्यु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पपुवा न्यु"/>
2026-09-22 08:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

चैत १७, काठमाडौँ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा करण केसीले पाँच विकेट लिएपछि नेपालले फराकिलो जित हासिल गरेको हो। नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्युगिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १६६ रन बनायो।

पपुवा न्युगिनीका लागि चार्ल्स अमितिले ६२, टोनी उराले ४३, सेसे बाउले २५ र नर्मन भनुवाले १७ रन बनाए।  अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

नेपालका लागि केसीले ३.४ ओभरमा २१ रन खर्चिँदै पाँच विकेट लिए। त्यस्तै, नेपालका लागि सोमपाल  कामी र अविनाश बोहराले दुई-दुई तथा सन्दीप लामिछानेले एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको नेपालले सात विकेटको क्षतिमा २०३ रन बनाएको थियो।  नेपालका लागि ऐरी र आलमले विस्फोटक ब्याटिङ गरेका थिए।

ऐरीले ३३ बलमा ६६ रन बनाए भने आलमले ११ बलमा ३१ रन प्रहार गरे। त्यस्तै, नेपालका लागि रोहित पौडेलले ४१, आसिफ शेखले ३८ र कुशल भुर्तेलले १७ रन बनाए।

पपुवा न्यूगिनीका लागि कबुआ मोरियाले तीन, रिलेई ह्याकुरले दुई, नर्मन भनुआ र नोसैना पोकनाले एक(एक विकेट लिए। टस जितेको पपुवा न्यूगिनीले नेपाललाई ब्याटिङको निम्ता गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो