2026-09-22 08:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ह्याट्रिक विकेटसँगै करण केसीले बनाए कीर्तिमान

चैत १७, काठमाडौं । पपुवा न्यूगिनी विरुद्धको खेलको अन्तिम ओभरमा ह्याट्रिक गरेसँगै करण केसीले कीर्तिमान बनाएका छन्।

त्रिदेशीय शृङ्खला अन्तर्गत बिहीबारको खेलका अन्तिम तीन बलमा केसीले ह्याट्रिक विकेट लिएका हुन्। अन्तिम ओभरको चौथो बलमा नोसैना पोकनालाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच आउट गराएर एउटै इनिङमा पाँच विकेट लिने उनी नेपालको पहिलो खेलाडी बनेका छन्।

उनले व्यक्तिगत प्रदर्शनमा पनि सुधार गरेका छन्। याे उनको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो। उनले ७ अक्टोबर २०१९ मा नेदरल्यान्ड्स विरुद्ध १७ रन दिएर चार विकेट लिएका थिए। यसअघि १५ जुलाई २०१५ मा हङकङ विरुद्ध १६ रन दिएर चार विकेट लिएका वसन्त रेग्मी नेपालका लागि उत्कृष्ट बलिङ गर्ने खेलाडीमा उनीभन्दा अगाडि थिए।

अन्तिम ओभरमा ह्याट्रिक लिन केसीले चाड सोपर र सेमन अटाईको विकेट लिएका थिए। अन्तिम ओभरको दोस्रो बलमा सोपरलाई रोहित पौडेलद्वारा क्याच आउट गराएका थिए। त्यस्तै, तेस्रो बलमा अटाईलाई बोल्ड गरेका थिए।

त्यसतै, पहिलो ओभरको चौथो बलमा पपुवा न्यूगिनीका लेगा सिअकालाई आसिफ शेखद्वारा क्याच आउट गराएका थिए। त्यसपछि तेस्रो ओभरको दोस्रो बलमा अशद भालालाई सोमपाल कामीको हातबाट क्याच आउट गराएका थिए। उनी आजको खेलमा प्लेयर अफ द म्याच भए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो