सहिद स्मारक ‘बी’ डिभिजन लिगको १३औं चरणको अन्तिम दिन भएको दुई खेलमध्ये खुमलटारले सामाजिक यूथ क्लबलाई २–१ ले पराजित गर्दा आरसिटी टुसाल यूथ क्लब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सहिद स्मारक ‘बी’ डिभिजन लिगको १३औं चरणको अन्तिम दिन भएको दुई खेलमध्ये खुमलटारले सामाजिक यूथ क्लबलाई २–१ ले पराजित गर्दा आरसिटी टुसाल यूथ क्लब"/>

2026-09-22 07:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खुमलटार पहिलो पटक ए डिभिजन लिगमा

चित्र २७, काठमाडौं | हेड टु हेडमा रानीपोखरी कर्नर टिम (आरसिटी) लाई पछि पार्दै खुमलटार यूथ क्लब सहिद स्मारक “ए” डिभिजन लिगमा बढुवा भएको छ ।

सहिद स्मारक ‘बी’ डिभिजन लिगको १३औं चरणको अन्तिम दिन भएको दुई खेलमध्ये खुमलटारले सामाजिक यूथ क्लबलाई २–१ ले पराजित गर्दा आरसिटी टुसाल यूथ क्लबसँग गोलरहित बराबरीमा रोकियो ।

लिगमा दुवै टिमले १३ खेलबाट २२ अंक जोडे पनि पहिलो चरणमा खुमलटारसँग पराजित हुनु रानीपोखरीका लागि ए डिभिजन लिग उक्लिने अवसरको बाधक बन्यो ।

पहिलो चरणमा खुमलटारले रानीपोखरी कर्नर टिम (आरसिटी) लाई ३–१ ले पराजित गरेको थियो ।

२०७० सालमा ‘सी’ डिभिजन विजेताको हैसियतमा दोस्रो डिभिजनमा बढुवा भएको खुमलटार लिगको पछिल्लो संस्करणमा पनि दोस्रो भएको थियो । तर, उक्त संस्करणमा एक टोलीमात्र बढुवा हुने प्रावधान रहेकाले खुमलटार ‘बी’ डिभिजन लिगमै बसेको थियो ।

यस्तै, खुमलटारसँग पराजित भएसँगै सामाजिक यूथ क्लब रेलिगेसनमा परेको छ । तालिकाको १३औं स्थानमा रहँदै लिगको अन्त्य गरेको सामाजिकले १३ खेलबाट १४ अंक जोड्यो । जुन रेलिगेसन जोनभन्दा एक स्थानमा माथि रहेको टुसालको भन्दा एक अंकमात्र कम हो ।

तालिकाको शीर्ष स्थानमा रहेको चर्च ब्वाइज युनाइटेडले यसअघि नै उपाधिसहित ए डिभिजन लिगमा आफ्नो स्थान सुरक्षित गरिसक्दा पुछारमा रहेको झम्सिखेल तेस्रो डिभिजनमा घटुवा भइसकेको छ ।

फागुन १८ गतेदेखि सुरु भएको लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुने र पुछारका दुई टोली तेस्रो डिभिजनमा घटुवा हुने प्रावधान थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो