2026-09-22 07:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्ना जुम्ल्याहा शिशुमध्येका एक जनाको मृत्युपछि रोनाल्डोले भने, ‘ठूलो पीडा’

वैशाख ६, लन्डन । एजेन्सी । म्यानचेस्टर युनाइटेडका फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी पार्टनर जर्जिना रोड्रिग्वेजले आफ्नो नवजात शिशुको मृत्यु भएको घोषणा गर्दै यसलाई ‘कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा’ भनेका छन् । 

सामाजिक सञ्जालमा एउटा विज्ञप्तिमा उनीहरूले भनेका छन, ‘गहिरो दुःखका साथमा हामी घोषणा गर्छौं कि हाम्रो नवजात शिशुकाे मृत्यु भएको छ । ’

उनीहरूले अगाडि भनेका छन्, ‘यो क्षतिमा हामी स्तब्ध छौँ । ’

३७ वर्षीय रोनाल्डो र २८ वर्षीया रोड्रिग्वेजले जुम्ल्याहा सन्तान जन्माउने तयारीमा थिए । जुम्ल्याहामध्ये बालिका भने बाँचेकी छिन् । बालिकाको जन्मले आफूहरुलाई यो क्षण केही आशा र खुशीका साथ बाँच्न बल दिएको उनीहरूले बताएका छन् ।

‘हाम्रो शिशु बालक, तिमी हाम्रो देवदूत हौ । तिमीलाई सधैं माया गर्नेछौं’, उनीहरूले लेखेका छन् । रोड्रिग्वेजले गर्भवती भएको खुलासा अक्टोबरमा गरेकी थिइन् ।

रोनाल्डोको एउटा छोरा क्रिस्टियानो जुनियर छन् । उनको जन्म सन् २०१० मा भएको थियो । सन् २०१७ मा रोनाल्डोका जुम्ल्याहा सन्तान इभा र माटेओ जन्मेका थिए । रोड्रिग्वेजतर्फ एउटी छोरी पनि छिन् । अलाना मार्टिनाको जन्म  सन् २०१७ मा भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो