2026-09-22 07:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेलाडीकाे पक्षमा बोल्दै कप्तान किरणले भने- प्रशिक्षकको व्यवहारप्रति असन्तुष्ट छु

वैशाख १५, काठमाडौं | नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति असन्तुष्ट रहेको बताएका छन् ।

खेलाडी र प्रशिक्षक अब्दुल्लाहबीचको विबाद बाहिर आएसँगै किरण आफ्ना सहकर्मीको पक्षमा देखिएका हुन् ।

हाल माल्दिभ्समा व्यवसायिक खेल खेलिरहेका किरणले भने,`राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ ।´ 

यसअघि एसियन कप २०२३  छनोटका लागि खेलाडी राखिएको होटेलको बिषयमा रक्षक रोहित चन्दले प्रशिक्षक अब्दुल्लाहसंग कुरा राख्दा उनले टिमबाट निकाल्ने प्रयास गरेसँगै अन्य ९ खेलाडीले सहमति जनाउदै होटेल सहित टिम अभ्यास सत्र छाडेका थिए ।

यस्तै किरणले जायज माग उठाउदा क्याम्प नै छोड्न लगाउनु सहि नभएको र आफू खेलाडी पक्षमा रहेको धारणा राखेका हुन् ।

`राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन । टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु ।जय नेपाल, ´ किरन भन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो